किसानको तरकारी खरिद गरी सस्तोमा बिक्री गर्दै लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ । तनहुँको सत्रसय फाँटको तरकारी खरिद गरेर लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ क्षेत्रमा बिक्री वितरण गरेको छ । संघले पहिलो पटक बुधबार तनहुँबाट तरकारी ल्याएर बिक्री सुरु गरेको हो । परीक्षणका रुपमा बिक्री सुरु गरिएको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघले कृषि उपज खरिद बिक्री केन्द्रसमेत छिट्टै संचालनमा ल्याउने तयारी गरेको छ । ‘हाल बजारमा देखिएको तरकारी अभाव र उपभोक्ताहरुको माग र सुझाव अनुसार ताजा तरकारी खरिद गरी बिक्री वितरण सुरु गरेका हौंं,’ महासचिव बास्तोलाले भने ।

करेला र घिरौलाका प्रति किलो ३० रुपैयाँमा, काक्रो प्रतिकिलो ३५ रुपैयाँमा, टमाटर प्रतिकिलो ६० रुपैयाँ, बोडी प्रति मुठा ४५ रुपैयाँमा, भेन्डी प्रतिकिलो ५० रुपैयाँमा र रायो साग प्रति मुठा ३० रुपैयाँमा बिक्री गरिएको उपमहासचिव उपेन्द्रराज सुवेदीले जानकारी दिए । ‘बजारमा तरकारीको मूल्य अत्याधिक वृद्धि भइरहेको अवस्थामा नाफा लिने उद्देश्य नभइ लागत मात्रै उठ्ने गरी तरकारी बिक्री गर्न लागेका छौं,’ उनले भने ।

jutta mela

तरकारी खरिद बिक्रीको अभियानलाई छिट्टै कृषि उपज खरिद बिक्री केन्द्र लगेर जोडिने महासचिव बास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.