किसानको नेतृत्वमा पोखरा चेम्बर अफ कमर्श गठन

आर्थिक आवाज
पोखरा, २ माघ । युवा व्यवसायी किसान सुनारको नेतृत्वमा पोखरा चेम्बर अफ कमर्श कास्की गठन भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत रहने गरी संस्था स्थापना भएको हो । कास्की जिल्ला कार्यक्षेत्र रहने गरी संस्था गठन भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत संस्था दर्ता भइसकेको स्रोतले बतायो । यद्यपि, संस्था स्थापनाको सार्वजनिक भने औपचारिक रुपमा भइसकेको छैन ।

केही पदमा बाहेक अन्य सम्पूर्ण पदमा जिम्मेवारी प्रदान भइसकेको स्रोतले बतायो । एक महिना अगाडि नै संस्था गठन भएको हो । चार जना उपाध्यक्ष रहने व्यवस्था संस्थाको विधानमा छ । हालसम्म वरिष्ठ उपाध्यक्ष पद खाली छ । उद्योग उपाध्यक्षमा गीता तिवारी गौतम चयन भएकी छन् । वाणिज्य उपाध्यक्षको जिम्मेवारी प्रेम भुजेलले पाएका छन् । वस्तुगत उपाध्यक्षमा यमनाथ पौडेल छन् ।

पोखरा चेम्बर अफ कमर्शको महासचिवको जिम्मेवारी उमराज बास्तोलाले पाएका छन् । २ जना सचिव रहने व्यवस्था मध्ये एक जना सचिव प्रेम सुवेदी छन् भने एक सचिव पद खाली छ । कोषाध्यक्षमा कमल बस्नेत, सहकोषाध्यक्ष नवराज आचार्य छन् ।

१० जना खुल्ला सदस्यमा नारायण पौडेल, नवीन बराल, महेन्द्र गुरुङ, लोकेन्द्र राई, नगेन्द्रप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, एकराज गिरी, चन्द्रकिशोर गौतम, राजु भुवाई, रनबहादुर बिक छन् । बस्तुगत ४ जना सदस्यमा ज्ञानबहादुर नेपाली, पवित्रा नेपाली, निर्मला बास्तोला, कृष्णप्रसाद तिवारी छन् । बस्तु उद्योग सदस्यमा प्रेमबहादुर क्षेत्री, सेवा उद्योग सदस्यमा दीवस लामिछाने छन् । २ जना कर्पोरेट सदस्यमा घनश्याम शर्मा र विनोद भुजेल चयन भएका छन् । २ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको बताइएको छ ।

You might also like

Comments are closed.