‘किसानको सेवामा निरन्तर खटिएका छौं’

डा. शोभा शर्मा
कार्यालय प्रमुख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्की

लकडाउनका समयममा कर्मचारीहरु कम भएपछि नियमित उपचार सेवाहरु प्रवाह गरिरहेका छौं । कोही कार्यालयमा आउनुभयो भने औषधीको प्रिस्किप्सन लेखेर पठाउछौं, जसका कारण किसानले आफैं औषधी किनेर खुवाउन सक्नुहुन्छ ।

यस आर्थिक वर्षमा मोडल फार्म सेलेक्सन पनि सेलेक्सन गरेका छौं । यसको लागि ३४४ वटा फार्मको निवेदन परेका थिए । यसको लागि गत साउनमा नै ३५ दिने सूचना जारी गरेका थियौं । फिल्ड भेरिफिकेसन गरेर ६४ वटा फार्मलाई मोडल फार्मको लागि अनुदानग्राही भनेर नाम प्रकाशित गरी सम्झौता ग¥यौं । किसानहरुसँग ५० प्रतिशत लागत साझेदारीमा गरिएको योे पुँजीगत अनुदान हो ।

jutta mela

किसानको पशु संख्या र विभिन्न आधार हेरेर ५ लाख रुपैयाँ, ३ लाख रुपैयाँ र २ लाख ५० हजार रुपैयाँको दरले ५० प्रतिशत लागत साझेदारीमा केहीलाई भुक्तानी दिइसकेका छौं भने केहीलाई फार्म अनुगमन गरी दिनेछौं ।

डेरी पसल सुधार र मासु पसल सुधारका कार्यक्रम पनि भएको छ । ३ डेरी पसल र १० मासु पसल सुधार गर्ने लक्ष्य थियो । त्यस अन्तर्गत पनि काम सम्पन्न भएको छ ।

मुग्री बेसी चालिसेमा पकेटको कार्यक्रम पनि थियो । यस अन्तर्गत बाख्रा पकेटको प्याकेज थियो । प्याकेजमा कृषकहरुलाई तालिम, भ्रमण, बाख्रा किन्ने, बोका किन्ने, खोर बनाउने लगायतका कार्यक्रमको काम सम्पन्न भएको छ । यस अन्तर्गत ३ चौमासिकमा १५ लाख रुपैयाँ बिनियोजन भएको थियो । २० वटा बाख्राको खोर निर्माण भएका छन् । अनुगमन जारी छ । २५ प्रतिशत लागत सहभागितामा यस अन्तर्गत छ । भुक्तानीको अन्तिम चरणमा छौं ।

लिमे पार्कोटमा भैसी संरक्षण कार्यक्रम पनि थियो । यो फलोअप कार्यक्रम हो । यस अन्तर्गत २० वटा गोठमा भकारो सुधार कार्यक्रम ग¥यौं । मादी गाउँपालिकाको ताङतिङमा संचालन भइरहेको छ । भैसींलाई औषधी वितरण पनि ग¥यौं । तालिम पनि संचालन ग¥यौं ।

कुखुरा पकेट अन्तर्गत स्थानीय कुखुराहरु पालनका लागि खोर निर्माण कार्यक्रममा सहयोग ग¥यौं । यो पनि फलोअप अन्तर्गत नै हो । माछापुच्छ्रे गाउँपालिकामा यसलाई संचालन गरेका छौं । माझठानामा गत वर्ष पकेट छनोट भएको थियो । अहिले उन्नत वोयर जातको बोका वितरण गरिएको छ । हामी किसानको सेवामा निरन्तर खटिएका छौं ।
(कुराकानीमा आधारित)

Dr. Shova Sharma

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीका कार्यालय प्रमुख डा. शोभा शर्मासँग विशेष संवाद ।

Gepostet von Arthik Awaj am Montag, 1. Juni 2020

You might also like

Comments are closed.