कुन्मिन माउण्टेनियरिब एण्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौडको उपाधि नेपालकी रसिलालाई

पुरुषतर्फ पनि दोस्रो र तेस्रो स्थानमा नेपाली

पोखरा । मित्रराष्ट्र चीनको कुन्मिन सहरमा आयोजना भएको ।।।कुन्मिन
माउण्टेनियरिब एण्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौड’अन्तर्गत
महिला व्यक्तिगतर्फको उपाधि नेपालले जितेको छ । सो दौडमा सहभागिता
जनाएकी नेपालकी रसिला तामाबले हजारौ प्रतिष्पर्धीलाई पछि पादै पहिलो स्थान
प्राप्त गरेकी हुन् । प्रतियोगितामा सहभागि नेपाली टोलीका व्यवस्थापक यामबहादुर
गुरुबका अनुसार रसिलाले सो दौड ८ घण्टा ६ मिनेट १९ सेकेण्डमा पूरा गरिन् । चिसो
मौषममा ५० किलोमिटरको सो दौडको क्रममा ४ हजार २ सय ४७ मिटर अग्लो
पहाड पार गरेकी उनले स्वर्ण पदकसँगै ४ हजार ५ सय चिनियाँ आरएमबी अर्थात्
करिब ७२ हजार नेपाली रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

यसैगरि सो दौडको पुरुषतर्फको स्पर्धामा नेपाली खेलाडीहरु दुर्गाराज बुढाले
दोस्रो, दामोदर बुढाले तेस्रो र सन्तोषविक्र विष्टले पाँचौँ स्थान प्राप्त गरे ।
दुर्गाले निर्धारित ५० किलोमिटर दूरी ६ घण्टा ४६ मिनेट १७ सेकेण्डमा पूरा गरे
भने सन्तोषले सो दूरी पार गर्न ७ घण्टा ८ मिनेट १९ सेकेण्ड लगाए । उनीहरुले
मेडलसहित क्रमशः ३५ सय र २५ सय चिनियाँ आरएमबी पनि पाए । ७ घण्टा ४०
मिनेट २४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका सन्तोषलाई भने मायाको चिनो
मात्र प्रदान गरिएको नेपाली टोलीका प्रशिक्षक गजबहादुर गुरुबले बताए ।
गएको असोज २९ गते पोखरामा आयोजना भएको ।

अन्तर्राष्ट्रिय क्रस कन्ट्री
दौड–२०१९’मा पहिलो र दोस्रो हुने नेपाली टोलीका ८ जना खेलाडीहरुले सो
प्रतियोगितामा सहभागिता जनाएका हुन् । गएको असोज २९ गते पोखरामा आयोजना
भएको ।।।अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड–२०१९’को आयोजना गरिएको थियो
। पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरि
ब एण्ड एक्सप्लोरेसन एसोसियन प्रतियोगिताको आयोजक थिए । प्रतियोगितालाई
पोखरा महानगर तथा चीनको कुन्मिन महानगरले संरक्षकत्व प्रदान गरेका थिए । सो
प्रतियोगितामा व्यक्तिगत र समूहगत रुपले चिनियाँ खेलाडी पनि सहभागि थिए ।
खेलकुदको माध्यमबाट पोखरालाई चिनियाँ पर्यटन बजारमा चिनाउन आयोजित
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई चीनको कुन्मिनमा
आयोजना हुने क्रस कन्ट्री दौडमा सामेल गराइने घोषणा गरिएको थियो ।
सशस्त्र प्रहरीको एपिएफ क्लवको सन्तोषविक्रम विष्ट,गणेश ठकुरी र ईन्द्रकला
राई नेवाब्गको समूह प्रतियोगितामा पहिलो भएको थियो । दोस्रो स्थान दुर्गाराज

jutta mela

बुढा,रसिला तामाब र दामोदर बुढा मगर सम्मिलित गुरिल्ला समूहको पोल्टामा गएको
थियो भने चिनियाँ पाहुना टोली तेस्रो बनेको थियो ।
घोषणा अनुसार नै पहिलो र दोस्रो हुने नेपाली टोलीले चालु अंग्रेजी वर्षको
डिसेम्बर २१ र २२ तारिखमा आयोजना भएको ।।।कुन्मिन माउण्टेनियरिब एण्ड
एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौड’मा सहभागिता जनाउने अवसर पाएको
हो । नेपालका गणेशसिंह ठकुरीले दौडको क्रममा करिब ३० किलोमिटर गलत
बाटोमा दौडँदा उपाधिबाट विमुख बन्नु परेको टिमका व्यवस्थापक यामबहादुर
गुरुबले जानकारी दिए ।

You might also like

Comments are closed.