कुमुदिनी होम्सद्वारा अनलाइन परीक्षा सञ्चालन

पोखरा । पोखरामा रहेको कुमुदिनी होम्स मा.वि.ले अनलाइन परीक्षा सञ्चालन गरेको छ । कोरोना संक्रमण बढेसँगै लकडाउन जारी भएपछि विद्यालय बन्द छ । लकडाउनमा अनलाइन कक्षा सञ्चालन गरिरहेको कुमुदिनीले नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीको लागि अनलाइन परीक्षा सञ्चालन गरेको हो ।

असार २१ गते आइतबारबाट अनलाइन परीक्षा सञ्चालन गरिएको विद्यालयका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । कास्की जिल्लामा नै पहिलो पटक अनलाइन परीक्षा सञ्चालन गरिएको उनले बताए । ‘यो परीक्षाबाट विद्यार्थीहरुले नयाँ प्रविधिको अनुभव गर्न पाएका छन्,’ उनले भने, ‘शिक्षक शिक्षिकाहरुले पनि नयाँ प्रविधिमा पोख्त हुने अवसर मिलेको छ ।’

jutta mela

विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको करिब ३ महिना भइसकेको र अहिले अनलाइनबाट परीक्षा लिएको अध्यक्ष पालिखेले जानकारी दिए । विद्यालयले शुरु गरेको अनलाइन कक्षा निकै प्रभावकारी भएको र अहिले परीक्षा लिन पनि सफल भएको उनको भनाइ छ ।

कक्षा सञ्चालनको लागि विद्यालयले विभिन्न तालिममा शिक्षकहरुलाई सहभागी गराएका थियो । शिक्षकको क्रियाशिलता, अभिभावकको सहयोग र विद्यार्थीको लगनशीलताले नै आफूहरु सफल भएको उनको भनाई छ ।

You might also like

Comments are closed.