कुमुदिनी होम्स्मा स्मरणशक्ति कलाबारे तालिम

आर्थिक आवाज
पोखरा, २६ मंसिर । पोखराको गैहपाटनमा रहेको कुमुदिनी होम्स विद्यालयमा लक्ष्य पहिचान तथा स्मरणशक्ति कला सम्बन्धी एक दिनको तालिम सम्पन्न भएको छ । बिहीबार विद्यालय परिसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

कक्षा ८, ९ र १०मा अध्ययनरता विद्यार्थीको तालिममा सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ । तालिममा सिंगापुरका प्रशिक्षक मेथ्यु ली र सुजाताले विद्यार्थीहरुलाई कसरी लक्ष्य पहिचान गर्ने र कसरी लक्ष्यसम्म पुग्ने भन्ने बारेमा रोमाञ्चक तवरले सहजिकरण गरेका थिए ।

सो अवसरमा विद्यार्थीहरुलाई घोकाइ भन्दा पनि स्मरणशक्ति सशक्त हुने प्रशिक्षकद्वयले बताएका थिए । स्मरणशक्ति अभिवृद्धि गर्नका लागि अपनाउनुपर्ने उपायका बारेमा समेत प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कुमुदिनीका शिक्षक शिक्षिकाहरुको पनि सहभागिता थियो ।

jutta mela

विद्यालयका अनुसार कार्यक्रममा विद्यार्थीहरुले उत्सुक्तापूर्वक सहभागिता जनाएका थिए । सो अवसरमा उनीहरुले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा कुमुदिनीका व्यवस्थापक अशोक पालिखेले प्रशिक्षकद्धयलाई स्वागत गरेका थिए । विद्यालयका सहप्राचार्य मुकेश कुमार अधिकारीले लक्ष्य प्राप्त गर्न लगनशिलता, निरन्तरता र आत्मविश्वासको आवश्यकता पर्ने बताएका थिए ।

You might also like

Comments are closed.