कुलमानको कार्यकाल अर्को महिना सकिदै, प्राधिकरणको नेतृत्वमा पुनः कुलमान कि अरु कोही ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिन लागेको छ । आगामी भदौ २९ गतेबाट घिमिङको कार्यकाल सकिनै लाग्दा नयाँ कार्यकारी निर्देशकका लागि समेत लबिङ सुरु भएको छ ।

घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेका घिसिङ सधैं चर्चामा रहे । नेपाललाई लोडसेडिङ मुक्त बनाउने अभियानको नेतृत्वसमेत उनैले गरे । घिरिङकै नेतृत्वमा अहिले राजधानी काठमाडौंमा विद्युतको तारलाई भूमिगत गरेर व्यवस्थित गर्ने कामसमेत भइरहेको छ ।

कुलमान घिसिङले राम्रो काम गरेकाले उनैलाई पुनः कार्यकारी निर्देशक बनाउनुपर्ने आवाजसमेत उठिरहेका छन् । सरकारले घिसिङलाई नै कार्यकारी निर्देशक बनाउँछ कि नयाँ व्यक्तिलाई नियुक्त गर्छ त्यो भने हेर्न बाँकी छ ।

You might also like

Comments are closed.