कृषकलाई अनुदानमा मौरी घार वितरण

तनहुँ, २७ चैत
व्यास नगरपालिका कृषि शाखाले व्यवसायिक कृषकहरुलाई अनुदानमा मौरी घार वितरण सुरु गरेको छ गरेको छ । नगरभित्रका मौरीपालक कृषकलाई मौरीपालन व्यवसायमा आकर्षण गर्न मौरी घार वितरण गरेको व्यास नपा कृषि शाखाका प्रमुख विश्वराज वाग्लेले जानकारी दिए ।

कृषकलाई ५० प्रतिशत अनुदानमा मौरी घार वितरण गरेको वाग्लले बताए । । चालू आर्थिक वर्षको कार्यक्रमअन्र्तगत नगरक्षेत्रभित्र मौरीपालक कृषकहरुलाई मौरीपालनमा उत्साहित बनाउने उद्देश्यका साथ घार वितरण गरिएको हो वाग्लले बताए । गत वर्ष २५ प्रतिशत अनुदानमा वितरण गरिएको घार यस वर्ष ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ भने आगामी वर्ष ७५ प्रतिशत अनुदानमा वितरण गर्ने लक्ष्य राखिएको वाग्लले सुनाए ।

३ हजार २ सय परेको मौरी घार कृषकलाई १ हजार ६ सयमा उपलब्ध गराइएको हो । नगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै वडाका कृषकलाई निवेदनका लागि आह्वान गरेको थियो जसमा ४४० जना कृषकको आवेदन परेकोमा २ सय २५ कृषकलाई ५० प्रतिशत अनुदानमा घार वितरण गर्ने बताइएको छ । साथै कृषकलाई घारसँगै मौरीपालनमा आवश्यक पर्ने अन्य सामग्रीहरु पनि उपलब्ध गराएको छ ।

अन्य पेशाको तुलनामा कम झन्झटिलो हुने भएकाले गत वर्षको भन्दा यस वर्ष माृैरीपालनमा कृषकहरुको आकर्षण बढी देखिएको शाखाले जनाएको छ ।

You might also like

Comments are closed.