कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

तनहुँ, १८ चैत
व्यास नगरपालिकाले व्यवसायिक कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको हो ।

ट्याक्टर हस्तान्तरण गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले ट्याक्टरले उत्पादन वृद्धि तथा समय वचत गर्ने विश्वास व्यक्त गर्दै ट्याक्टरको सही सदुययोग गर्न कृषकहरुलाई आग्रह गरेका थिए ।
व्यास नपा कृषि शाखाका प्रमुख विश्वराज वाग्लेले प्रवधि र उन्नत बीउविजनको अभावमा अपेक्षित उत्पाद गर्न सकिएको हुदाँ कृषकहरुलाई प्रवधिको प्रयोगमा उत्प्रेरित गर्न अनुदानमा ट्याक्टर वितरण गरिएको जानकारी दिए । साथै कृषकको माग र आवश्यकता अनुसार प्रावधिक औजार र उन्नत बीउ वितरण गर्ने उनले बताए ।

नगरपालिकाले ६ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रमअन्र्तगत नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको हो वाग्लले बताए ।

jutta mela

नगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै वडाका कृषकलाई निवेदनका लागि आह्वान गरेको थियो जसमा २२ जना कृषकको आवेदन परेकोमा वास्तविक किसान पहिचान गरी बोर्ड बैठकबाट ६ जनालाई छनोट गरी ५० हजार अनुदान र ५० हजार कृषकले व्यहोर्ने गरी ट्याक्टर उपलब्ध गराएको उनको भनाइ छ ।

व्यास ४का कृषक रामचन्द्र ओझाले परम्परागत तरिकाले खेती गर्दा भन्दा ट्याक्टरको प्रयोगले उत्पादन वृद्धि हुने भन्दै खुशी व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.