के यातायात पेशा नेपालमा गर्नु पाप हो ?

‘बेसहारा भएका छन् यातायात व्यवसायी’

योगेन्द्रबहादुर केसी
अध्यक्ष, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले अहिलेको अवस्थामा आफ्ना १ हजार ४ सय सवारी साधन चलाउने सोचमा नरहेको कुरा जनाकारी गराउँछु । सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोण हिजो त थिएन, अहिलेको विषम अवस्थामा पनि कुनै पनि सभासदले यातायातको शब्द उच्चारण समेत नगर्दा देशभरिका यातायात व्यवसायी अत्यन्तै दुःखी छौं ।

ठिकै छ उपेक्षा गर्नुस्, हामीले किस्ता रकम तिरिदिन सरकार र माननीय ज्युहरुलाई भनेका थिएनौं । मात्र समय थप गरिदिन भनेका थियौं । तर, सरकारका अर्थ मन्त्री त बैरो हुनुभयो, सबै माननीयहरु पनि बैरो बनेको देख्दा र सुन्दा त यो मन धुरु धुरु रोएको छ । धन्य छ माननीयहरु अबको चुनावमा त हाम्रो भोट काम लाग्छ कि लाग्दैन होला ? यो प्रश्न सोध्न त पाइन्छ होला नि ? हाम्रा बसले चुनावी सभामा जनतालाई ओसारपसार त गर्नुपर्छ होला ?

jutta mela

माननीय ज्युहरु हामी पनि नेपाली हौं । र, पेसा पो यातायात रोज्न पुग्यौं । के यातायात पेशा नेपालमा गर्नु पाप हो ? के हामी गैर नेपाली हौं ? अरु उद्योगीले माग उठाउन पाउने र माग पनि सम्वोधन हुने । हजुरहरुका जनता (यातायात बाहेक) हुन् र ? कृपया अलिकति त सोच्नुहोस् । यी पनि नेपाली नागरिक हुन भनेर सोच्दा पाप लाग्दैन होला । यीनको परिवार छ, खान मन लाग्छ होला, ऋण छ होला, लक डाउन भएको पनि करिब ३ महिना हुन लागि सक्यो ।

बैंकले अत्याउन शुरु गरेका छन्् । अब कता जाने, के गर्ने, बेसहारा भएका छन् यातायात व्यवसायी । आफ्नो भन्ने कोही छैन (परिवारबाहेक) । मन बुझाउने ठाउँ छैन । अलिकति आशा गर्ने नेताहरु हजुरहरु नै बैरी भएपछि त ऋणको डरले ५ हात डोरी किन्न बाध्य हुनेछौं ।

ॐ नम स्वा । न रह्यो बाँस, न बज्यो बासुरी । परिवारलाई भन्दा पिर राजनीतिक दलका नेता जीहरुलाई चिन्ता पर्नेछ । किनकि चुनावको बेला त दाहिने हात नै भाचिएको अनुभव हुनेछ । अनि थोरै मात्र भोटको अन्तरले पराजित हुँदा बल्ल याद हुनेछ गलत गरिएछ भन्ने ।

सबै व्यवसायी साथीहरू धैर्य गरौं, आत्मबल नगुमाउ, पहिला बचौं अनि मात्र ऋण धनको बारेमा सोचौंला । बैंक तथा वित्तीय संस्थाबाट फोन आउन सक्छ, ढुक्क भएर उत्तर दिनुस पर्खनुस् बचे पछि तिर्छौं । अति नै पेलेछन् भने ताला चाबी कागज पत्र बुझाउनु नै अन्तिम विकल्प हो ।

(केसीको फेसबुक स्टाटसबाट साभार)

You might also like

Comments are closed.