कैलाश विकास बैंकको ४४ औं शाखा सञ्चालनमा

पोखरा, २८ फागुन । कैलाश विकास बैंक लिमिटेडले मोरङको बिराटनगरमा ४४ औं शाखा स्थापना गरेको छ । सोमबार एक कार्यक्रमका बीच शाखाको औपचारिक शुभारम्भ गरिएको हो । बैंकले निकट भविष्यमा झापाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा बिस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए

बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । पुस मसान्तमा १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । संस्थाले विकास बैंकहरु माझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको थियो । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको जनाइएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.