कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पताल विच सम्झौता

पोखरा, १० माघ ।
कैलाश विकास बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पताल विच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतामा नेपाल मेडिसिटी अस्पतालले यस बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहकवर्ग तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए । बैंकको हालसम्म शाखा संख्या ८५ पुगेका छन् भने एटिएम संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ४ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बंैकले जनाएको छ ।

यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.