कोभिड नियन्त्रण अभियानमा लायन्स डिष्ट्रिक्ट ३२५ बि१ को साथ, गण्डकी प्रदेशलाई भि.टि.एम. टेस्ट किट हस्तान्तरण

पोखरा । कोभिड–१९ को महामारी नियन्त्रणको अभियानमा सरकारलाई लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ बि १ नेपालले साथ दिएको छ । डिष्ट्रिक्टले सरकारलाई समय समयमा स्वास्थ्य सामग्री हस्तान्तरण लगायतका सहयोग गरिरहेको गभर्नर मनबहादुर रोकाले जानकारी दिए ।

यसैक्रममा कोभिड–१९ महामारी नियन्त्रणका लागि परीक्षण गर्न आवश्यक पर्ने भि.टि.एम. टेस्ट किट गण्डकी प्रदेश सरकारलाई सहयोग गरिएको प्रोजेक्ट चियरपर्सन तथा कोचिफ एडभाइजर विनोद ढुंगानाले जानकारी दिए ।

jutta mela

प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख अतिथ्यतामा आइतबार एक कार्यक्रमबीच गभर्नर रोकाले उक्त सामग्री सरकारलाई हस्तान्तरण गरे । उक्त प्रोजेक्टको ग्राण्ड एडमिस्टेटर निवर्तमान गभर्नर इन्दु लम्साल हुन् ।

क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशलाई १ हजार २ सय थान र प्रादेशिक सार्वजनिक स्वास्थ्य प्रयोगशालालाई १ हजार ४ सय थान किट हस्तान्तरण गरिएको डिष्ट्रिक्टका चिफ पब्लिक रिलेसन अफिसर राम बसेलले जानकारी दिए ।

You might also like

Comments are closed.