कोभिड महामारीका बाबजुत पनि एनआइसीको नाफामा बृद्धि

काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६/७७ मा ३ दशमलव २५ प्रतिशतले नाफामा बृद्धि गरेको छ ।

बैंकले गत आवमा ३ अर्ब २५ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले आर्जन गरेको नाफा ३ अर्ब १२ करोड रुपैयाँ थियो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ४४ करोड रुपैयाँ भएको वित्तीय विवरणमा उल्लेख छ ।

अघिल्लो वर्ष ५९ करोड ८९ लाख रुपैयाँ प्रोभिजन गरेको बैंकले गत आबमा १ अर्ब १२ करोड रुपैयाँ प्रोभिजन गरेको छ ।

You might also like

Comments are closed.