सुशील थापा
एन्टिबडी, एन्टिजेन र पिसिआर टेष्टहरूको आफ्नै आफ्नै महत्व छन् । HIV स्क्रिनिङ टेष्टकालागि अझैसम्म पनि हामी Antibody tests नै गर्छौ भने, हेपाटाइटिस बि तथा सि का लागि Antigen Test गर्ने गरिन्छ ।
कोरोना प्रकोपको सुरूआति दिनमा विभिन्न देश लगायत नेपालले समेत Immuno chromatography / lateral Flow प्रविधिमा आधारित Antibody test (RDT) प्रयोगमा ल्याएता पनि हाल यस प्रविधिमा आधारित टेष्टहरूको विश्वासनियता अत्यन्त कम हुने (BMJ) British Medical Journal ले प्रकाशित गरेको मेटा एनालाइसिस रिपोर्टबाट प्रमाणित भइसकेको छ । अन्य देशमा झै हामीले पनि यसको प्रयोगमा धेरै नै सेड ब्याक दिएकाले अन्तमा रोक नै लगाई सकेका छौं । यसो भन्दै गर्दा Antibody Test को महत्वमा कुनै कमी आएको भने छैन, खाली के सिक्यौं भने भ्यालिडेटेड र परिस्कृत अनि गुणस्तर सर्टिफाइड सामान मात्र प्रयोगमा ल्याइनुपर्ने रहेछ भनेर !
उक्त BMJ को रिपोर्टमा CLIA प्रविधिमा आधारित एन्टिबडी टेष्ट भने अत्यन्त विश्वसनीय हुने कुरा समेत सोही मेटाएनालाइसिसबाट प्रमाणित भएको उल्लेख छ।
नयाँ भाइरस भएका कारणले अझै धेरै महत्वपूर्ण जानकारी पत्ता लाग्दै जालान तर निम्न कुराहरू भने हालसम्म पत्ता लागि सकेका छन् :-
- साधारण तथा संक्रमणको १०-१४ दिन पछि मात्र एन्टिजेन र एन्टिबडी रगत नमुनामा परीक्षण योग्य परिमाणमा देखापर्छ, जस्लाई उईन्डो पिरिएड भनिन्छ।
- Ab को IGM पहिले र IGG पछि देखापर्ने साधारणतया टेक्स्ट बुक Phenomenon यस भाइरसमा त्यति प्रष्ट नदेखिएको र IGG Ab कति पछिसम्म रहन्छ र Ab हुनु भनेको Immunity Develop नै हुनु हो भन्ने समेत अध्ययनको विषय हुन पुगेको छ ।
- भाइरसको अरू प्रोटिनको तुलनामा Nucleocapsid प्रोटिनलाई टार्गेट बनाएर निर्माण गरिएको Ab test मा धेरै राम्रो सेन्सीटीभीटी र स्पेसीफीसीटी हुने देखिएको, ल्याबोरेटेरी रिसर्च संथाहरूले बताइरहेका छन्।
प्रकोप नियन्त्रण को Prevention, Diagnosis तथा Treatment तीनै तहमा अत्यन्त शुस्म ध्यान दिनुपर्ने अबस्थामा नेपालसमेत पुगिसकेको र Manpower Planing र Resource Management मा किफाएत तर गुणस्तरका साथै छिट्टो र ठुलो दायरामा परीक्षण गर्नुपर्ने आवश्यकता दरिलो रूपमा सतहमा आएको छ।
हाल सरकारका तर्फबाट गर्न खोजिएको १००% पिसिआरबाट ढीलो रिपोर्ट, धेरै खर्च, धेरै मानव संसाधन लाग्ने भएकाले अपेक्षित दायरा बढाउन अत्यन्तै चुनौति पूर्ण र हालको विश्वसनीय नयाँ प्रविधिको प्रवेश भइसकेको अवस्थामा अत्यन्त ठुलो संख्यामा पिसिआर अनावश्यकसमेत देखिन्छ।
लकडाउन खोल्न, कार्यालयहरूमा निस्फिक्री कामगर्ने वातावरण मिलाउन र समुदायमा संक्रमणको अवस्था एकिन गर्न स्वचालित CLIA प्रविधिबाट गरिने Ab टेष्टले बृहत्तर कभरेज, छिट्टो रिपोर्टका साथै पिसिआरको एक चौथाई भन्दा कम खर्चमा गर्न सकिने र अत्यन्त विश्वसनीय रहेको USFDA, European Free Sales Certificate तथा प्रकोप माथि राम्रो काबु राख्न सफल विकसित देशहरूको प्रयोगबाट समेत प्रमाणित भइरहेको छ।
यस्को प्रयोग गरेर अत्यन्तै छिट्टो र विश्वस्नीय परिमाण निकाल्न सकिने र अत्यावश्यक परीक्षण गर्नु पर्ने तहहरू :-
- विदेशबाट फर्केका र भबिष्यमा टुरिष्टलाई समेत १ घण्टा भित्र सयौ जनालाई स्क्रिनिङ गर्न सकिने र रिपोर्ट आधारमा संक्रमण रहित (९०% सम्म); पिसिआर गर्नुपर्ने, आइसोलेसन वा क्वारेन्टिन प्रेस्केराइब गर्नुपर्ने बढीमा १०% मात्र हुन सक्ने प्रक्षपण हालको अनुभवबाट गर्न सकिन्छ । यसबाट पिसिआर गर्नु पर्ने लोड अत्यन्त कम हुनेछ । १००% को टेष्ट नै गरिएकाले प्रकोप नियन्त्रणको रणनीति काबुमा रहनेछ।
- क्वारेन्टिनबाट छाड्नु अघि टेष्ट गर्दा १४ दिनमा भएको सेरो कन्भर्सनको डाटा समेत रहने हुन्छ ।
- सेवा उद्योगका अग्रपंङ्तिमा रहेर काम गर्ने : स्वास्थ्य, बैंक, रिटेल सप, यातायात, ट्राफिक तथा प्रहरी ।
- कन्ट्याक ट्रेसिङबाट दायरामा परेका लक्षण बिहीनहरूलाई ।
- उद्योग ब्यबसाय खोल्न कामदारहरूलाई ।
- एक घर एक ब्यक्तिको स्थानीय तहमा मास स्क्रिनिङ गरी कम्युनिटी तहमा सहजता र सतर्कता ल्याउन ।
स-साना क्षेत्रका डाटाहरू केलाउदै स्मार्ट लकडाउन र खुल्ला गर्ने बैज्ञानिक निर्णय लिन यस प्रविधिले उल्लेखनीय सहयोग पुर्याउने पूर्ण विश्वास लिन सकिन्छ ।
हालै स्वास्थ्य मन्त्रालयले ल्याएको टेष्ट सम्बन्धी निर्देशिकामा ल्याब बेस्ड एन्टिबडी टेष्टको उल्लेख भइसकेको र सरकारी ल्याबहरूले तत्कालै प्रयोगमा ल्याई नागरिकको स्वास्थ्य सेवाप्रति सरकारले देखाएको तदारूकतालाई अझै सशक्त पार्न जरूरी छ भने, निजी ल्याबहरू समेतले गुणस्तरीय सर्टिफीकेट (USFDA & CE Certificate both) भएका निर्माताद्वारा निर्मित टेष्टिङ किट्स प्रयोग गरी १३००/- भन्दा बढी शुल्क लिन नपाउने गरी टेष्ट सुबिधा दिएमा महामारी नियन्त्रणमा उल्लेखनीय सुधार आउने कुरामा दुईमत देखिदैन।
यसरी कर्फ्यु स्तरको एकोहोरो लकडाउनले सस्टेनेबल राम्रो निकास देला भन्नेमा शंका गर्न यस अघि गरिएको लामो लकडाउनको बेला प्राप्त नतिजाको रक्षा गर्न नसक्नुले नै प्रष्ट पार्छ ।
सुशील थापा
प्रयोगशाला प्रविधि विश्लेषक
तथा
सिक्स सिग्मा ब्ल्याक बेल्ट (गुणस्तर व्यवस्थापन)
म्यानेजिङ एडिटर मेडिकोज नेक्स्ट (मेडिकल म्यागाजिन)
Comments are closed.