कोरोनाको औषधी आयो !!!नआएसम्म भौतिक दुरी र आत्मबल जरुरी

डि.बी. भुजेल

युवा तन्नेरी भनेन
डाक्टर, नर्स, स्वास्थ्यकर्मी भनेन
बर्ग, लिङ्ग, धनी गरिब जात धर्म भनेन
शक्ति र शक्तिहीन राष्ट्र पनि भनेन
ट्राभल हिस्ट्रीमात्र भनेन

तराइदेखि जनघनत्व बढी भएका शहर काठमाडौं पोखरा बिरगंज लगायत नेपालका विभिन्न स्थानमा कोरोना भाइरस भुसको आगो झै फैलिरहेको छ ।भाइरसको मोडलिङ हेर्दा एक दुई महिनामा नै लाखांै संक्रमित हुने अनुमान गरिदै छ नेपालमा भने दैनिक हजारौँ संक्रमित र दैनिक दसांैको ज्यान लिने गरीरहेको छ यसले ।दैनिक ५ सयको हाराहारीमा त्यही पनि सबै उमेर समुहका संक्रमित भए पछि २२ नपामा निशेधाज्ञा सहित ४२ जिल्लामा लकडाउन गरिएको छ । प्रायजसो ठाउँमा मुख्य गरि मुल सडकमा यसको प्रभाव परेको छ तर भित्री सडक टोल बस्तीमा मानिसहरु अझै पनि आबतजाबत गरेको सामाजिक दुरी कायम नगरेको मास्क पनि सहि तरिकाले लगाएको पाइएको छ ।

 

आखिर यसले आजसम्म नेपालमा पनि धेरैको ज्यान लिइ छोड्यो भने हजारौंमा संक्रमण भईरहेको छ । किन यस भाइरसले यस्तो बिकराल रुप लिदैंछ यो त अनुसन्धान कै बिषय होला तर सरसर्र्ती हेर्दा यो अरु भाइरस जस्तो देखिएन ।खास गरेर यो भाइरस मानिस मानिसको सामिप्यबाट सरेको छ ट्राभल हिस्ट्री भएकोलाइ लागेको छ ।घर समुदायमा पनि पसेको हो ?
इम्युनिटी पावर भएका र युवालाइ पनि लागेको छ ।

 

६ महिनाको अवधिमा नेपालमा १२० दिन लकडाउन भयो । पछि डेढ महिनापछि लकडाउन खुले पश्चात फेरि छ दिन निशधाज्ञा सहित लकडाउन भएको छ १२० दिनको लकडाउनले केही प्रभाब पारे पनि लकडाउन खुले पछि बिषेश गरेर भारत र तराइ क्षेत्रबाट विभिन्न शहर र गाँउमा मानिसहरुको आगमन भए पछि यसको संक्रमण धेरै भएको हो । यसबाट के बुझिन्छ भने आखिर यो संक्रमित मानिसको भिड र सामिप्य बाटै भैरहेको छ ।यो भाइरसबाट संक्रमित भएको ब्यक्ति २ मिटर नजिक छ हाछ्यु र खोकी नलागे पनि पनि १५ मिनेटको सामिप्यताले पनि भाईरस सरेको पक्का हो ।

 

तसर्थ हरपल भिडभाड नगर्ने नगराउने २ मिटर भन्दा बढी दुरीमा बस्ने, हिड्न,े खाने पटक पटक साबुनपानीले हात धुने सेनिटाइजर लगाउने मास्क र पन्जा लगाउने नाक मुखमा हात नलगाउने अरुको नजिक भए लगत्तै कपडा फेर्ने नसके उपयुुक्त व्यबहार गर्न सके मात्र पनि हामी सुरक्षित रहन सक्छौ । तपाई मान्नोस या नमान्नोस भौतिक दुरी कायम गराउन सक्नु र आत्मबल बढाउन सक्नु यसको औषधि हो ।
संसारका देशहरुमा हेर्ने हो भने जसले सामाजिक दुरी कायम गराउन सक्यो स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्र्योे त्यस देशमा संक्रमित र मृत्युदर कम छ ।
आखिर कसरी नियन्त्रण गर्न सकिन्छ ?
१ सदाचार रहनुपर्छ
२. आफै अछुत झै बस्नु पर्योे अर्थात १३ दिन बरखी बारे झै
सरसफाइ गर्नु पोषिलो खानु आत्मबल बढाउनु सकरात्मक सोच्नु टेन्सन नलिनु
हरपल भौतिक दुरीमा रहनु
आखिर सम्भब छ यी कुरा

 

भिड कम गर्न निशेधाज्ञाले काम गरे पनि सधै सम्भब छैन लकडाउन त्यसैले आ आफै सचेत हुनु पर्छ । मुख्य सडक र चोकमा मात्रै हैन भित्री सडक र टोल टोलमा सेना प्रहरी नसके जनप्रतिनिधि र कर्मचारी मार्फत स्वास्थ्य सुरक्षा कायम गर्दै भौतिक दुरी आब्हान गर्नु पर्छ यदि अटेर गरेमा ठाउँको ठाउँ कारवाही गर्न सक्नु पर्छ बिदेशमा सयौं डलर जरिवाना लगाइएको छ ।
सामाजिक दुरी जनघनत्व भएका शहरमा अति गारोे छ । तसर्थ लकडाउन बाहेक पनिसबै घर घरको पारिवारिक बायो डाटा लिने र निम्न ब्यबस्थापन गर्न सक्नु पर्छ :
१.गाँउमा बस्न सम्भब हुनेलाइ उतै बद्न आग्रह गर्ने
२.फराकिलो ठाउँ हुने शहर बजारको लागि करेसा वारी फुल गार्डेन कौसी खेती तिर प्रभावित गर्ने
३. ट्रेसिङ र आइसोलेसन बढाउने, भेन्टिलेटर बढाउनुपर्छ
४. कन्ट्र्याट ट्रेसिङ प्रभाबकारी गर्ने र क्वारेन्टाइनमा ठाँउ बढाउने
५.कोरोना बाहेक रोगका उपचारलाई छुट्टै अस्पतालकोे व्यवसथा गर्ने

घर गाउँ मा बस्न घर बस्ती हुनेलाइ सिजन अनुसारको खेतीको लागि मल बीउ र ज्यालाको पनि ब्यबस्थापन गर्ने जसले गर्दा खाद्यान्न अभावको आपूर्ति पनि हुने घर गाँउम सामाजिक दुरी पनि संभव हुनेछ ।

 

ब्याबसायी र उद्योगीका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ सामाजिक दुरी कायम गरि संचालन गर्न दिने
बजारको हकमा थोरै भए पनि मल बीउ उपलब्ध गरसी करेसाबारेर फुलबारी गार्डेन कौसी खेती तिर प्रभावित गराउने यसो गर्दा भिड्भाड न्यूनीकरण र सामाजिक दुरी आफ्से आफ कम हुन्छ । लक डाउन र निशेधाज्ञा सधै उपयुुक्त नहुन सक्छ यसले आर्थिक संकट निम्त्याउछ त्यसैले जनतालाइ जति गाइड गर्न सक्यो त्यति सामाजिक दुरी कायम गराउन सकिन्छ
लाखौं लाखको ज्यान लिने यसले किन गर्दैछ:
प्रकृति को दोहोनले यस्तोे भाको छ
यी उपयुुक्त बिषयहरु लागू गर्न हामी अब आइन्दा प्रकृति को दोहन गर्नेछैनौ गरेकोमा प्रायस्चित गरि हाम्रा पुर्बजले गरेको अनुशासन कोरा र बरखी बारे झै अनुशासनमा रहनु अति आबस्यक छ कोरोनाबाट बच्ने भनेको सामाजिक मानव तर हरपल एकआपसमा भौतिक दुरीमा रहन सक्नु र आत्मबल बढाउनु हो । कोरोनाको बिस्वासिलो भ्यासिन नबने सम्म हामी हरपल सुरक्षित रहन आबस्यक छ कामना गरौ केही महिनामा खोप पनि आउनेछ संक्रमण पनि न्यून हुँदै जाने छ ।

You might also like

Comments are closed.