कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई होटलका क्वारेन्टाइनमा राखिने

पोखरा । कोरोना भाइरस संक्रमण भएका बिरामीहरुको उपचारमा खटिने चिकित्सिक तथा स्वास्थ्यकर्मीहरुलाई सुविधा सम्पन्न क्वारेन्टाइनमा राखिने भएको छ । पोखराका पर्यटकस्तरीय सुविधासम्पन्न होटलमा स्वास्थ्यकर्मीहरुलाई राख्ने व्यवस्था मिलाइएको हो ।

यसका लागि आर्थिक व्यवस्थापन गण्डकी प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संंघ र लेखनाथ उद्योग वाणिज्य संघसहित निजी क्षेत्रले गर्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।

बिहीबार मुख्यमन्त्रीको उपस्थितिमा बसेको बैठकले स्वास्थ्यकर्मीहरुलाई पोखराका होटलहरुको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

You might also like

Comments are closed.