कोरोना नियन्त्रण अभियानमा सरकारलाई सिद्धार्थ बैंकको साथ, ३ करोड ४३ लाख योगदान

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना महामारी नियन्त्रणको अभियानमा सरकारलाई साथ दिएको छ । बैंकले संघीय सरकारलाई २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

बुधबार अर्थमन्त्री युवराज खतिवडालाई बैंकको तर्फबाट अध्यक्ष मनोज कुमार केडियाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यस अगाडि प्रदेश सरकार र स्थानीय सरकारलाई बैंकले कोरोना नियन्त्रणका लागि ७६ लाख २४ हजार ६ सय २० रुपैयाँ सहयोग गरिसकेको थियो । संघीय सरकार, प्रदेश र स्थानीय सरकारलाई गरी बैंकले कोरोना रोकथाम कोषमा ३ करोड ४३ लाख ५२ हजार ५ सय ४९ रुपैयाँ योगदान पुर्याएको हो ।

कोरोना महामारीको गम्भीर संकटमा देश रहेकाले यस्तो अवस्थामा सरकारलाई साथ दिनुपर्ने दायित्व अनुसार सहयोग हस्तान्तरण गरिएको बैंकले जनाएकोे छ ।

You might also like

Comments are closed.