कोरोना नियन्त्रण कोषमा गरिमाको ३५ लाख

पोखरा । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा गरिमा विकास बैंकले सहयोग गरेको छ । कोषमा बैंकले ३५ लाख रुपैयाँ सहयोग गरेको बैंकका प्र्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले जानकारी दिए । उक्त रकम प्रदेश सरकारको राहत कोषमा जम्मा गरिने उनले बताए ।

‘मुलुकका सम्पूर्ण प्रदेश सरकारहरु ५ लाख रुपैयाँको दरले ३५ लाख रुपैयाँ राहत प्रदान गर्न लागिएको हो,’ उनले भने । सरकारले राज्यभर लकडाउनको घोषणा गरेको बेला दैनिक उपभोग्य बस्तुको जोह गर्न समेत समस्या पररिहेको समुदायलाई खानाको व्यवस्था गर्न तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको व्यवस्थापन मिलाउन राज्यलाई नै कठिन परेको अवस्थामा बैंकको पनि दायित्व रहेको ढकालले बताए ।

You might also like

Comments are closed.