कोरोना नियन्त्रण कोषमा सिद्धार्थ बैंकको साथ, प्रत्येक प्रदेशबाट १०–१० लाख

पोखरा । कोरोना भाइरस नियन्त्रण र उपाचार कोषमा सिद्वार्थ बैंकले सहयोग गरेको छ । बैंकका प्रत्येक प्रदेशले १० लाखको दरले कोषमा रकम जम्मा गर्ने क्रममा गण्डकी प्रदेशले समेत सहयोग गरेको छ ।

प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई बैंकका गण्डकी प्रदेश कार्यलय प्रमुख अमित श्रेष्ठले १० लाख रुपैयाँको चेक शनिबार हस्तान्तरण गरेका छन् ।

jutta mela

बैंकको सानो सहयोगले पीडितलाई थोरै भनि राहत पुग्नेमा आफूहरु विश्वस्त रहेको पस्र्याङ शाखा प्रमुख अनिरुद्र बरालले बताए ।

सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले सरकारलाई सहयोग गरेको बैंकका न्युरोड शाखा प्रमुख सुरजकुमार जोशीले जानकारी दिए । बैंकले हाल गण्डकी प्रदेशमा १७ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको प्रदेश प्रमुख श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.