कोरोना प्रभावः कास्की जिल्लाभरका सार्वजनिक यातायात बन्द

पोखरा । नोबेल कोरोना (कोभिड–१९) भाइरसको प्रकोप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी पोखरासहित कास्कीभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । गण्डकी प्रदेश सरकारको निर्देशन, जिल्ला प्रकाशन कार्यालय कास्कीको निर्णयलाई मध्यनजर गरी व्यवसायीहरुले सार्वजनिक यातायातका साधन बन्द गर्ने निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्की र पोखरा यातायात प्रालिले विज्ञप्ति नै जारी गरी चैत ११ देखि अर्को सूचना जारी नहुँदासम्म सार्वजनिक यातायातका साधन बन्द गर्न आग्रह गरेको छ । समन्वय समितिका सचिव र प्रालिका प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले विज्ञप्ती जारी गरी नेपाल सरकार तथा स्थानीय सरकारलाई अत्यावश्यक अवस्थामा सहयोग गर्न परेमा व्यवसायी तयार रहेको बताएका छन् ।

You might also like

Comments are closed.