कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा आँगन सहकारीको सहयोग

पोखरा । आँगन बहुउद्देश्सीय सहकारी संस्था पोखरा १३ ले गण्डकी प्रदेश सरकारबाट स्थापित कोरोना भाइरस (भोभिड–१९) नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ । ७५ हजार ५ सय रुपैयाँ सहकारीका तर्फबाट सहयोग गरिएको अध्यक्ष पूर्ण लामाले जानकारी दिए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त चेक हस्तान्तरण गरिएको छ । सहकारी प्रारम्भिक चरणमा रहि कार्यालय स्थापित गर्दै विधिवत कारोबार अगाडि बढाउने तयारीमा रहेको तर वर्तमान प्रकोपका कारण रोकिएको संस्था लामाले जानकारी दिए । ‘सहकारीले नाफा कमाउने गरी काम गर्ने अवसर पाएको छैन,’ उनले भने, ‘यद्यपि, संस्थामा आवद्ध शेयर सदस्यहरुको स्वेच्छिक सहयोग संकलन गरी सहयोग गरिएको हो ।’

कोरोना भाइरसका कारण संसारभर मानवीय संकट उत्पन्न भएको तथा हाम्रो प्रदेश पनि लकडाउनका कारण समस्यमा परेकाले सबैले सहयोग गर्नुपर्ने लामाले बताए । ‘कयौं व्यक्ति तथा परिवारको दैनिक गुजारामा समस्या उत्पन्न भएको छ । हामी सबै एक ठाउँमा उभिएर वर्तमान चुनौतीलाई परास्त गर्नु छ ।’

You might also like

Comments are closed.