कोरोना राहत कोषमा पोखरा रोयलको ३ लाख ३६ हजार सहयोग

पोखरा । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक सहयोग गरेको छ । सहकारीको तर्फबाट ३ लाख ३६ हजार २ सय ११ रुपैयाँ सहयोग घोषणा गरिएको सूचना अधिकारी तथा वरिष्ठ प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीले सहयोग घोषणा गरेको हो । सहकारीबाट १ लाख १ रुपैयाँ, सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, उपसमितिका पदाधिकारी एवं सदस्यहरुबाट १ लाख ३२ हजार २ सय १० रुपैयाँ र संस्थाका कर्मचारीहरुको तर्फबाट १ लाख ४ हजार रुपैयाँ कोषमा सहयोग गरिने ढकालले जानकारी दिए ।

उक्त रकम मध्ये गण्डकी प्रदेश सरकारलाई ३ लाख ३ हजार रुपैयाँ र पोखरा महानगरपालिकालाई ३३ हजार २ सय ११ रुपैयाँ सहयोग गरिने बताइएको छ । विश्वभर फैलिएको कोरोनाका कारण नेपाल पछिल्लो समय लकडाउनमा छ । विषम परिस्थितिमा राज्यलाई सहयोग गर्नुपर्ने दायित्व महसुस गरी सहयोग घोषणा गरिएको प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.