कोरोना राहत कोषमा लक्ष्मी ग्रुपको १ करोड

काठमाडौं । नेपालको प्रशिद्ध व्यावसायिक प्रतिष्ठान लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सहयोग गरेको छ । सरकारले स्थापना गरेको उक्त कोषलाई ग्रुपको तर्फबाट १ करोड रुपैयाँ सहयोग गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमणको जोखिममा नेपालसमेत परेको सन्दर्भमा ग्रुपले सरकारलाई सहयोगको घोषणा गरेको हो । संकटको समयमा राज्यलाई साथ दिने उद्देश्यले सहयोग गरिएको कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.