हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५ सय रोजगारी कटौती गर्न लागेको जनाएको छ ।
कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।
रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये ५ हजार तीन सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यस बाहेक अरु ६ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु २ हजार ६ सय पद भने पहिलेदेखि नै खाली थियो ।
कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
Comments are closed.