क्यान इन्फोटेकको उत्कृष्ट स्टल बन्यो कस्मिक

पोखरा । क्यान महासंघ कास्कीद्वारा पोखरामा आयोजित क्यान इन्फोटेकको उत्कृष्ट स्टलको उपाधि कस्मिक कम्प्युटिङ सलुसन्सले प्राप्त गरेको छ । फागुन ११ देखि १५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालित इन्फोटेकमा राखिएका स्टलहरु मध्ये कस्मिकले उत्कृष्ट स्टलको पुरस्कार जितेको हो ।

इन्फोटेकको समापन कार्यक्रममा कस्मिकका सञ्चालक पुरुषोत्तम कुवँरलाई उत्कृष्ट स्टलको सम्मान प्रदान गरिएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको हातबाट पुरस्कार प्रदान गरिएको हो । सबै मापदण्डका आधारमा धेरै अंक प्राप्त गरी कस्मिकको स्टल उत्कृष्ट बनेको उत्कृष्ट स्टल छनोट समितिका संयोजक इविन्द्रराज तिवारीले जानकारी दिए ।

You might also like

Comments are closed.