क्यान इन्फोटेकको समापन बिहीबार, टाइपिङको उपाधि आशिषलाई

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेक–२०२० जारी छ । फागुन ११ गते सुरु इन्फोटेकको समापन बिहीबार हुनेछ । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम हुने क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले जानकारी दिए ।

११औं संस्करणको गण्डकी प्रदेश स्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ अन्तर्गत बुधबार आयोजित गण्डकी प्रदेशस्तरीय टाइपिङ प्रतियोगिताको नजिता कास्कीका आशिष भुजेलले जितेका छन् । द्वितीय बागलुङका कृष्ण माझी र तृतीय कास्कीका करुणा शर्मा भएको कार्यक्रम संयोजक सुरेश सापकोटाले जानकारी दिए ।

यसैबीच, इन्फोटेककै अवसरमा बुधबार आइसिटी कन्फ्रेन्स सम्पन्न भएको छ । साइबर सेक्युरिटी, इम्प्याक्ट अफ आइसिटी अन टुरिजम र डाटा माइनिङ विषयमा विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत गरी कन्फ्रेन्स सम्पन्न गरिएको कार्यक्रम संयोजक राजेन्द्र शर्माले जानकारी दिए । कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको हो अध्यक्ष भण्डारीले बताए ।

You might also like

Comments are closed.