क्यान इन्फोटेकमा भायनेटको नयाँ अफर

पोखरा । नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले पोखराको प्रदर्शनी केन्द्रमा आयोजित सूचना प्रविधिको प्रदेश स्तरीय मेला क्यान इन्फोटेकलाई लक्षित गरी विशेष छुट अफर ल्याएको छ । इन्टरनेट र टिभी सेवामा आकर्षक अफर ल्याएको भायानेटका पोखरा शाखा प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

ग्राहकलाई एक्ट्रा स्पिडको साथमा ३ माहिनासम्म इन्टरनेट निःशुल्क प्रदान गर्नेछ । विगत २० वर्षदेखि भायनेटले विश्वसनीय र किफायती ब्रोड-ब्याण्ड इन्टरनेट र उच्चस्तरीय टि.भी.सेवा प्रदान गर्दै आएको छ । ग्राहकले मोबाइल एपमार्फत सजिलैसँग आफ्नो चाहना बमोजिम इन्टरनेट सेवालाई अपग्रेढ गर्न, सुरक्षित राख्न, निगरानी गर्न र सर्पोट सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । फागुन ११ गतेबाट जारी इन्फोटेक १५ गते बिहीबारसम्म चल्नेछ ।

You might also like

Comments are closed.