क्यान इन्फोटेक जारी, स्वस्तीलाई आइसिटी स्पिचको उपाधि, क्विजमा हिलपोइन्ट

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेक पोखरामा जारी छ । इन्फोटेकको दोस्रो दिन सोमबार आइसिटी स्पिच र आइसिटी क्विज प्रतियोगिता सम्पन्न भएको छ ।

आइसिटी स्पिचको उपाधि पोखरा ३ नदीपुर घर भइ एसओएसमा अध्ययनरत स्वस्ती बास्तोला सफलताले जितेकी छन् । उनले २४ इच्नको कलर टिभी र प्रमाणपत्र प्राप्त गरेकी छन् । द्वितीय अमरसिंह माविकी अपेक्षा अधिकारी र तृतीय मदरल्याण्ड माविकी सूचना शर्मा र सान्त्वना पिसजोन स्याङजाकी सन्तोषी श्रेष्ठ र जनप्रिय माविकी आकृती सापकोटा भएको कार्यक्रम संयोजक रुद्रनाथ न्यौपानेले जानकारी दिए । प्रतियोगितामा २० जना सहभागी थिए । आइसिटी स्पिचलाई टिपि लिंक नेटवर्कले स्पोन्सर गरेको थियो । स्पिचको मुल्यांकन चोलाकान्त ओझा, चण्डिप्रसाद अर्याल र अशोक द्वारेले गरेका थिए । जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सोमबार नै आइसिटी क्विज सुरु भएको छ । सोमबार जिल्लास्तरीय क्विज भएको कार्यक्रम संयोजक ईश्वर चालिसेले जानकारी दिए । मंगलबार प्रदेशस्तरीय क्विज हुने उनले बताए । क्विजलाई हिमालयन कम्प्युटर न्युरोडले प्रायोजन गरेको छ । जिल्लास्तरीय क्विजमा हिलपोइन्ट सेकेण्डरी स्कुल प्रथम भएको छ । लिटिलस्टेप बोर्डिङ स्कुल द्वितीय र करुणानिधी एजुकेसन फाउण्डेसन तृतीय भएको क्विज मास्टर विशाल गुरुङले जानकारी दिए । आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा क्विज सम्पन्न भएको हो ।

jutta mela

कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको अध्यक्ष रुक्मागत भण्डारी विश्वासले जानकारी दिए । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइ.सि.टि वक्तित्व प्रतियोगिता, विद्यालय स्तरीय जिल्ला तथा प्रदेश स्तरीय आइटी क्विज कन्टेस्ट आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । आइ.सि.टि.रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबर्ट प्रर्दशर्नी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण भइरहेको सचिव सेवक क्षितीजले जानकारी दिए ।

इन्फोटेकमा मुख्य प्रायोजन प्रभु पेले गरेको छ । इन एसोसिएसन विथमा वल्र्डलिंकले साथ दिएको सहसचिव महेन्द्र भुर्तेलले जानकारी दिए । प्लाटिनम स्पोन्सरमा एनसेल, डायमण्ड स्पोन्सरमा जेरक्स, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्टसेल, शिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, एस–पावर र एक्सन पोइन्ट नेपाल, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, विद्यालय स्तरीय रनिङ सिल्ड आइसिटी क्विज स्पोन्सरमा हिमालयन कम्प्युटर न्युरोड, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स न्यूरोड पोखरा, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउस, टाइपिङ कम्पिटिसन स्पोन्सरमा पाण्डे कम्प्युटर सप्लायर्स न्यूरोड, आइसिटी स्पिचमा टिपि लिंक नेटर्वक र रोबोर्ट कम्पिटिसनमा कस्मिक कम्प्युटिङ सोलुसन, आइसिटी कन्फरेन्स स्पोन्सरमा जेनेक्स अटोमेसन न्यूरोडले साथ दिएका छन् । हस्पिटालिटी पार्टनरमा योअर च्वाइस रेष्टुरेन्ट, डोर प्राइज स्पोन्सरमा सेगा कम्प्युटर लिंकले साथ दिएका छन् ।

You might also like

Comments are closed.