क्यान इन्फोटेक पोखरामा फागुन ११ देखि, तयारी तिब्र

पोखरा, १३ माघ । आगामी फागुन ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ । क्यान कास्कीद्वारा आयोजित ११औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको अध्यक्ष रुक्मागत भण्डारी विश्वासले बताए । ‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको हो,’ उनले भने ।

इन्फोटेकमा आइसिटी प्रोडक्टहरुको प्रदशर्नी एवं बिक्री वितरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिए । ‘आइसीटी रोजगारी फर्म वितरण र तालिम संचालन कार्यक्रम हुनेछ,’ उनले भने । आइसीटी सेमिनार, जिल्ला तथा प्रदेश स्तरीय रनिङ शिल्ड आइटी क्विज, टाइपिङ, आइसिटी स्पिच प्रतियोगिता इन्फोटेकमा आयोजना हुनेछन् । ल्यापटप तथा कम्प्युटर निःशुल्क मर्मत क्याम्प, रोर्वट प्रतियोगिता, आइसिटी म्यूजियम प्रदर्शनी, आइसिटी बिजनेस टक पनि इन्फोटेकको आकर्षण बन्ने भण्डारीले बताए । ‘प्रतियोगिताहरुमा विजयी प्रथम, द्वितीय र तृतीय हुनेहरुका लागि प्रमाण पत्र, ट्रफी तथा आकर्षक पुरस्कारको व्यावस्था गरिएको छ,’ उनले भने ।

jutta mela

पत्रकार सम्मेलनमा बौल्दै क्यान गण्डकीका अध्यक्ष तुलसीराम पाण्डेले क्यान कास्कीको आयोजनामा हुने प्रदेशस्तरीय इन्फोटेक सफल पार्न प्रदेशका सम्पूर्ण जिल्लाबाट साथ मिल्ने बताए । ‘सूचना तथा प्रविधिका क्षेत्रमा भएका नविनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याउन सक्नुपर्छ,’ उनले भने ।

मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । करिव ५० हजार दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखिएको सहसचिव महेन्द्र भुर्तेलले बताए । मेलाबाट करिब ३५ लाख आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाई ५ लाख रुपैयाँ बचत गर्ने अपेक्षा राखिएको कोषाध्यक्ष विश्व प्रधानले बताए । ‘इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ,’ उनले भने ।

इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ को संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारी गरिरहेको द्वितीय उपाध्यक्ष विकास भुर्तेलले जानकारी दिए ।

इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको प्रथम उपाध्यक्ष आशिष गुरुङले जानकारी दिए । इन एसोसिएसन विथमा वल्र्डलिंक, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पार्वर, प्लाटिनम स्पोन्सरमा एनसेल, डिजिटल पार्टनरमा ब्रेन डिजिट आइटी सोलुसन, आइसिटी स्पिच स्पोन्सरमा टिपी लिंक नेटवर्क प्रालि, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स, सेक्युरिटी पार्टनरमा एम.बि. टे«डर्स, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउसले साथ दिएका छन् ।

You might also like

Comments are closed.