क्यान कास्कीको अध्यक्षमा भण्डारी निर्विरोध

आर्थिक आवाज
पोखरा, ११ भदौ । कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्कीको अध्यक्षमा रुक्मागत भण्डारी (विश्वास) निर्विरोध भएका छन् ।

भदौ २० गते १२ औं साधारणसभा तथा आठौं अधिवेशनका लागि बुधबार गरिएको मनोनयन दर्ताका क्रममा अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत तथा पूर्व अध्यक्ष इविन्द्रराज तिवारीले जानकारी दिए ।

निर्वाचित सदस्यबाट अन्य पदाधिकारी चयन हुने प्रावधान छ । १२ जना सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचित १२ जना सदस्यबाट प्रथम र द्वितीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव चयन हुने अर्का निर्वाचन अधिकृत राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.