क्यान कास्कीको आयोजनामा ‘वेब पेज डिजाइनिङ’ तालिम

पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्कीको आयोजनामा संस्थामा आबद्ध शिक्षकहरुका लागि ‘वेब पेज डिजाइनिङ’ तालिम सञ्चालन भएको छ । असार १९ गते सुरु तालिम १० दिनसम्म चल्ने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

‘क्यानसँग आबद्ध संस्थाहरुको स्तर उन्नतिका लागि वार्षिक कार्यक्रम अन्तर्गत तालिम आयोजना गरेका हौं,’ उनले भने । शिक्षकहरुका लागि पनि तालिम निकै आवश्यक तथा महत्वपूर्ण भएकाले सञ्चालन गरिएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक विश्वास भण्डारीले बताए ।

कार्यक्रममा बोल्दै क्यानका गण्डकी प्रदेश अध्यक्ष चिन्तामणि बास्तोलाले क्यान कास्कीले धेरै गतिविधि सञ्चालन गरिरहेको भन्दै प्रशंसा गरे । कार्यक्रममा पूर्व अध्यक्ष चण्डिप्रसाद अर्याल, गुणानिधि पाण्डे लगायतले बोलेका थिए । तालिमको  प्रशिक्षकहरुमा दीपकराज गिरी, सुनिल पाण्डे, महेन्द्र भुर्तेल, हरि शर्मा छन् ।

jutta mela

You might also like

Comments are closed.