क्यान कास्कीद्वारा आयोजित ‘हार्डवयर एण्ड नेटवर्किङ’ सम्पन्न

आर्थिक आवाज
पोखरा । कम्प्युटर महासंघ नेपाल (क्यान) कास्कीको आयोजनामा ‘हार्डवयर एण्ड नेटवर्किङ’ तालिम सम्पन्न भएको छ । तालिम एक सातासम्म चलेको क्यान कास्कीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक घननाथ सापकोटाले जानकारी दिए ।

तालिममा क्यान कास्कीका आबद्ध शिक्षा प्रदायक संस्थाका कम्प्युटर शिक्षकहरु सहभागी थिए । तालिममा सहभागी शिक्षकहरुबीच अन्तरक्रियासमेत भएको थियो । कम्प्युटर शिक्षकहरुका लागि नवीनतम ज्ञानहरुको अपडेट गराउन तालिम उपयोगी भएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । नयाँ ज्ञान सिक्नका लागि तालिम उपयोगी भएकाले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन हुनुपर्ने उनले बताए । तालिममा क्यान गण्डकी प्रदेशका सहसचिव राजेन्द्र शर्मा, क्यान कास्कीका सहसचिव शेवक क्षितिज र क्यान कास्कीका सदस्य दीनेश तामाङले सहजीकरण गरेका थिए ।

You might also like

Comments are closed.