क्यान कास्कीले मनायो ११औं वार्षिकोत्सव

आर्थिक आवाज
पोखरा, १६ भदौ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले स्थापनाको ११औं वार्षिकोत्सव मनाएको छ । सामाजिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने लक्ष्यसहित क्यानले राधाकृष्ण आश्रम लेखनाथलाई युरोगार्ड तथा खाद्यान्न सहयोग गरेको अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

वार्षिकोत्सवसँगै आठौं अधिवेशनका अवसरमा सहयोग गरिएको पौडेलले बताए । क्यानको आठौं अधिवेशन भदौ २० गते शुक्रबार हुँदैछ । कार्यक्रममा बोल्दै क्यान कास्कीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सचिव जगनबहादुर गुरुङले सूचना तथा प्रविधिका क्षेत्रमा क्यान कास्कीको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा क्यान कास्कीका पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति थियो । सोही अवसरमा केकसमेत काटेर वार्षिकोत्सव मनाइएको छ ।

You might also like

Comments are closed.