क्यान कास्की देशकै उत्कृष्ट शाखा

आर्थिक आवाज
काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) कास्की दोस्रो पटक पुन देशकै उत्कृष्ट शाखा घोषित भएको छ ।

महासंघको २६औं अधिवेशनका अवसरमा कास्कीलाई उत्कृष्ट शाखा घोषणा गरेर पुरस्कृत गरिएको क्यान कास्कीका निबर्तमान अध्यक्ष युवराज पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।

क्यान कास्कीले उत्कृष्ट कार्य गरेकाले उत्कृष्ट शाखा बन्न सफल भएको पौडेलले बताए । गत आर्थिक वर्षको कार्यलाई मूल्यांकन गर्दा क्यान कास्की उत्कृष्ट शाखा बनेको हो ।

jutta mela

क्यान कास्कीले उत्कृष्ट शाखा भएबापत नगद २५ हजार रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेको छ । यस अगाडि गुणानिधि पाण्डे अध्यक्ष हुँदा पनि क्यान कास्की उत्कृष्ट शाखा बनेको थियो ।

You might also like

Comments are closed.