क्यान गण्डकीको उपाध्यक्षमा नविन र कोषाध्यक्षमा राजेन्द्र

आर्थिक आवाज
पोखरा, ४ असोज । पोखराका युवा व्यवसायी नविन पौडेल र राजेन्द्र तिवारी कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ नेपालको गण्डकी प्रदेशको उपाध्यक्ष र कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनबाट पौडेल उपाध्यक्ष र तिवारी कोषाध्यक्ष निर्वाचित भएका हुन् । सदस्यमा भएको निर्वाचनमा तिवारी र पौडेलको सबैभन्दा बढी मत समेत आएको थियो ।

अध्यक्षमा तुलसीराम पाण्डे निर्वाचित हुँदा सचिवमा केशवराज भट्टराई निर्वाचित भए । सहसचिवमा शिशुबाबु प्रधान निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष चिन्तामणि बास्तोला पदेन सदस्य रहनेछन् । प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।

You might also like

Comments are closed.