क्लब सचिवको नजरमा क्याबिनेट सेक्रेटरी

विकास भुर्तेल
निवर्तमान सचिव, लायन्स क्लब अफ पोखरा मिड टाउन

सर्बप्रथम क्याबिनेट सेक्रेटरी बिनोद सरलाई मनैबाट सलाम । हाम्रो डिष्ट्रिक्ट ३२५ बि १ मा ४७९ वटा क्लब छन् । ४७९ मध्ये एक क्लबको म सचिव भइरहँदा मैले ४४ जना साथीहरुलाई क्लबका गतिविधि, कार्यक्रमको बिवरणहरु, महत्वपूर्ण सूचना लगायतका कार्य गर्नुपर्ने, ४४ जना साथीहरुको बिचमा काम गर्दा त धेरै समय व्यतित गर्नुपथ्यो मैले सोच्दछु । ४७९ वटा क्लबको सचिवले कसरी काम गर्नुभयो ? मनबाटै सोच्ने गर्छु क्लबको सचिव हुँदा त व्यापार, व्यवसाय, परिवारलाई समय छुट्याउन गाह्रो पर्ने मलाई, क्याबिनेट सेक्रेटरीले कसरी समय व्यवस्थापन गर्नुभयो ?

काम गर्दा कति बाधा अड्चन व्यहोर्नु पर्छ भन्ने राम्रोसँग बुझेको मैले पक्कै क्याबिनेट सेक्रेटरीले धेरै असहजताहरु पनि व्यहोर्नु प¥यो होला । हुन सक्छ म समय व्यवस्थापनमा चुके होला तर हाम्रो क्याबिनेट सेक्रेटरी चुकेको कहिल्यै देखिन, कहिल्यै उहाँको अनुहारमा निरासापन देखिन, हरेक क्लबले गरेका कार्यक्रममा पनि उहाँलाई देख्ने गर्छु, अनि सुन्ने गर्छु उहाँले बोलेका मन्तव्य, कार्यक्रमको सञ्चालनको शैली वाह भन्न मन लाग्छ । अनि उहाँले सचिवायबाट गरेका कार्य देख्दा अचम्मै पर्ने गर्छु, कमजोरी कहाँ भयो भनेर खोज्दा कहिल्यै भेटिन । यी यहाँका कार्यहरु देख्दा लाग्ने गर्छ यहाँ साँच्चै नै क्षमतावान हुुनुुहुन्छ । यहाँको कार्यको म सधै प्रशंसा गर्ने गर्छु । यहाँबाट धेरे सिक्ने अवसर पनि मलाई मिल्यो । यी सबै अवसरप्रति यहाँलाई मनैबाट धन्यबाद ज्ञापन गर्दछु ।

jutta mela

यहाँलाई कहिल्यै पछाडि फर्कन नपारोस् । यसैगरी यहाँलाई छिट्टै डिष्ट्रि«क्टको नेतृत्व समालेको हेर्ने चाहना म जस्तै आम लायन साथीहरुलाई होला भन्ने मैले विश्वास लिएको छु । यहाँलाई धैरैधेरै शुभकामना ।

You might also like

Comments are closed.