खाजा अभियानमा पोखरा रोयलको ५० हजार सहयोग

आर्थिक आवाज
पोखरा । खाजा अभियानमा पोखरा रोयल सहाकारी संस्था लिमिटेडले ५० हजार रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै सहकारीले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा उक्त अभियानमा नगद सहयोग गरेको हो ।

पोखरा महानगरपालिका वडा नं.१० मा रहेको कुँडहर आधारभूत प्रा.वि. र कालिका मा.वि.मा अध्ययनरत बालबालिकाको लागि सञ्चालित खाजा अभियान कार्यक्रमको लागि प्रति विद्यालय २५ हजार रुपैयाँको दरमा सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कुँडहर आरधारभूत प्रा.वि.मा अध्यक्ष रुद्रकुमारी गुरुङ र कालिका मा.वि.मा प्रधानाध्यापक बलराम गिरीलाई विद्यालयको प्राङगणमा गई संस्थाको तर्फबाट सहयोग रकम हस्तान्तरण गरेको संस्थाका सचिव एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का सञ्चालक भीम गुरुङले बताए ।

jutta mela

संस्थाले स्थापनाकालदेखि नै वित्तीय गतिविधिसंगै सामाजिक क्रियाकलापमा महिला लक्षित प्रौढ साक्षरता, युवा लक्षित वित्तीय साक्षरता, विशेष ध्यान दिदै आइरहेको गुरुङले बताए । प्रधान कार्यालय बुद्धचोक लगायत २ वटा सेवाकेन्द्रको ५ हजार ५ सय जना सदस्यहरुबीच वित्तीय कार्य गरिरहेको सहकारीले ग्रामीण क्षेत्रमा सहकारी लघुवित्त समेत सञ्चालन गरिरहेको छ । सहकारीले जेठ मसान्तसम्म १ अर्ब ६५ करोडको कारोबार गरिरहेको छ ।

कार्यक्रममा कुँडहर विद्यालयको तर्फबाट समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ र कालिका मा.वि.का तर्फबाट प्रधानाध्यापक बलराम गिरीले सहकारीको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै यस्तो कार्यबाट सामुदायिक विद्यालयले सञ्चालन गरेको खाजा अभियानमार्फत विद्यार्थीहरुको आकर्षण बढ्दै गएको र विद्यालयले समेत यसलाई व्यवस्थित गर्दै लगेको बताए ।

You might also like

Comments are closed.