खातामा पैसा नभई चेक दिनेलाई पनि कार्वाही हुने

सन्देश श्रेष्ठ
पोखरा । के तपाईंले वैंकको आफ्नो खातामा पैसा (ब्यालेन्स) नभएपनि कसैलाई चेक दिने गर्नु भएको छ ? यदि छ भने अब तपाईं सचेत हुनुहोस् । नत्र तपाईं कार्वाहीको भागिदार बन्नुपर्छ ।

धेरैको बानी हुन्छ : वैंकको आफ्नो खातामा ब्यालेन्स नभएपनि तिर्नुपर्ने मान्छेलाई चेक दिने । कतिपयले नजानेर खातामा पैसा नभएपनि चेक दिने गरेका छन् भने कतिपयले नियतवश जानीजानीपनि त्यस्तो चेक दिन्छन् । तर यसरी जानेर होस् वा नजानेर खातामा पैसा नभइकन चेक दिनु गैरकानुनी कार्य हो ।

खातामा पैसा नभई चेक दिनेलाई प्रहरीले कानूनी कार्वाही गर्न थालेको छ । पीडितले उजुरी दिएको आधारमा कास्की प्रहरीले खातामा पैसा नभई चेक दिनेलाई नियन्त्रणमा लिएर कानुनी कार्वाही प्रक्रिया अघि बढाएको हो । खातामा पैसा नभई चेक दिनेलाई कानुन अनुसार उसले तिर्नुपर्ने रकम तिर्न लगाउने र ठगी मुद्धापनि चलाउन थालेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले बताए । हामीलाई उजुरी आइसकेपछि खातामा पैसा नभई चेक दिनेलाई नियन्त्रणमा लिन्छौं,‘उनले भने,‘त्यसपछि पैसा असुल गराउँछौं र थप कार्वाहीका लागि मुद्धापनि चलाउँछौं ।’

jutta mela

कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजकुमार केसीले हालसम्म पैसा नभई चेक दिने ३२ जनाबिरुद्ध उजुरी परेको बताए । त्यसमध्ये १० जनालाई नियन्त्रणमा लिएर कानुनी कार्वाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । थप २२ जनाको भने खोजी भइरहेको उनको भनाई छ । उनका अनुसार ३२ जनाबिरुद्ध २ करोड ४५ लाख ३२ हजार ५ सय बिगो दाबी भएको छ ।

कास्की प्रहरीले खातामा पैसा नभएको अवस्थामा चेक नदिन आग्रह गरेको छ । खातामा पैसा नभई चेक दिनु गैरकानुनी कार्य हो,‘कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भने,‘यस्तो कार्य कसैलाईपनि गर्नु हुँदैन, गरेमा कार्वाही हुन्छ ।’ नेपालको कानुनले खातामा पैसा नभई चेक दिनुलाई गैरकानुनी भनेको र त्यस्तोलाई नियन्त्रणमा लिएर कार्वाही गर्न भनेकाले उजुरी पर्नेबिरुद्ध कार्वाही प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे ।

कास्की प्रहरीले मोटरसाइकल चोरी गर्ने १७ वर्षिय युवकलाईपनि पक्राउ गरेको जनाएको छ । नेपालको कानुनले १८ वर्ष भन्दा कम उमेरकालाई नाबालक भनेर परिभाषित गरेकाले उनको पहिचान भने गोप्य राखेको छ । ति युवकले ५ वटा मोटरसाइकल चोरेर थुपारेको र बेच्नका लागि ग्राहक खोज्ने क्रमा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

You might also like

Comments are closed.