‘खाद्यान्नको अभाव हुँदैन, ढुक्क हुनुहोस्’

दीशान्त शेरचन
कार्यकारी निर्देशक, मीनबहादुर शेचरन स्टोर्स, पोखरा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिएसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । कोरोना त्रास फैलिएसँगै उपभोक्ता तथा सर्वसाधरणहरुको यतिबेला खाद्यान्न पसलहरुमा भिड लाग्न सुरु भएको छ । लामो समयका लागि खाद्यान्न सञ्चिती गर्ने क्रम बढेको छ । यतिबेला हामीले सञ्चालन गरिरहेको मीनबहादुर शेचरन स्टोर्स पोखरामा उपभोक्ताहरुको दैनिक भिड लागेको छ । यसरी भिड गरेर खाद्यान्न सामान किन्न आवश्यकता देखिन्न । तर, पनि उहाँहरु भोलिका दिनमा खाद्यान्न अभाव हुन्छ कि भन्ने डरले लाइन लागेर सामान किनिरहेको देखेका छौं ।

jutta mela

पोखरामा हामीले बिगत ५० वर्षदेखि खाद्यान्नको होलसेल बिक्रीवितरण गरिरहेका छौं । बिगतमा संकटकाल तथा जनआन्दोलनको अवस्थामा हाम्रो पसलबाट पृथ्वीचोकसम्म खाद्यान्न किन्नेहरुको लाइन हुन्थ्यो र पनि हामी सामान पुर्याएका थियौं । केही वर्ष अगाडि नाकाबन्दी लागेको समयमा पनि हामीले पोखरामा हाम्रा ग्राहकहरुलाई खाद्यान्न अभाव हुन दिएनौं । यस पटक कोरोना त्रासले उपभोक्ताहरु डराए पनि खाद्यान्न अभाव हुँदैन भनेर म स्पष्ट पार्न चाहन्छु । स्टक मेन्टेन गरेर राख्नेछौं भने यो संकटको समयमा मूल्यसमेत वृद्धि नहुने आम उपभोक्तामा म जानकारी गराउन चाहन्छु ।

पोखरामा सीमित खाद्यान्न पसलहरु भएको अवस्थामा र ठूला ठूला संकटको समयमा समेत खाद्यान्न अभाव भएको छैन । यतिबेला खाद्यान्न अभाव हुने सम्भावा नै छैन । यो बेला हामी सबैले राज्यलाई सहयोग गर्ने समय हो । खाद्यान्नको अनावश्यक सञ्चय गर्नुभन्दा आवश्यकता अनुसारको खाद्यान्न मात्र किनेर घरमा लग्न म सम्पूर्ण ग्राहकहरुसमक्ष आग्रह गर्दछु  ।

You might also like

Comments are closed.