खाद्यान्न अभाव हुँदैनः निजी क्षेत्र

पोखरा । पोखरामा खाद्यान्न अभाव नहुने निजी क्षेत्रले बताएको छ । प्रयाप्त खाद्यान्न आपूर्ति भइरहेको र स्टकसमेत रहेकाले खाद्यान्न अभाव नहुने बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी बजारमा खाद्यान्न अभाव नहुने स्पष्ट पारेका हुन् ।

प्रेस विज्ञप्ति

jutta mela

कोरोना भाइरस (कोभिड–१९) कारण हाल मुलुक लकडाउनको अवस्थामा छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण संसारकै अर्थतन्त्रलाई तहसनहस बनाइरहेको अवस्थामा यसको प्रत्यक्ष मारमा नेपाल समेत अछुतो रहन सकेको छैन । यद्यपि, कोरोना भाइरससँग लड्न र जुध्नका लागि सरकार, विभिन्न संस्था, निजी क्षेत्र र आम नागरिकबाट ऐक्यवद्धता जारी गरिरहेको बर्तमान सन्दर्भमा आम नागरिकलाई निजी क्षेत्रले पनि घरमै बसेर इमान्दारितापूर्वक राज्यको निर्देशन पालना गर्न अनुरोध गर्दछौं । यो प्रतिकुल अवस्थामा पनि निजी क्षेत्रले आफ्नो ज्यानको प्रवाह नगरी अत्यावश्यक बस्तुको सेवा दिइरहेको कुरा स्मरण गर्न चाहन्छौं ।

कोरोना भाइरस थप फैलन नदिनका लागि मुलुक लकडाउन भएपछि कतिपयले बजारमा खाद्यान्न अभाव हुन्छ भन्ने अफवाह फैलाएको पनि पाइएको छ । त्यस्तो भ्रममा नपर्नुहुन आम नागरिकहरुमा हामी अपिल गर्दछौ ।

गण्डकी प्रदेश, प्रदेशभित्रका जिल्लास्तरहरु र स्थानीय तहहरुमा समेत आपूर्ति समितिहरु क्रियाशील भएर काम गरिरहेको अवस्था छ । ती समितिहरुमा हाम्रो निजी क्षेत्रको तर्फबाट उपस्थिति छ । संगसंगै ती आपूर्ति समितिहरुसँग सरसल्लाह र सुझावहरु लिँदै निजी क्षेत्रले आफ्नो कर्म पुरा गरिरहेको छ । साँझ बिहानको छाक टार्नका लागि यस क्षेत्रमा खाद्यान्नको कुनै पनि अभाव हुन नदिने गरी हामीले आपूर्ति व्यवस्थाहरु मिलाइरहेका छौं । साथै तीनै तहमा बनेका आपूर्ति समितिहरुसँगको बैठकमा भएका निर्णय बमोजिमका कम्बो प्याकहरु पनि तयारी गरी बिक्रीवितरण पनि भइरहेको हुँदा यदि कुनै क्षेत्रमा हजुरहरुले खाद्यान्न अभाव भएको महसुस गर्नुभएमा आफ्नो स्थानीय तहको प्रमुख तथा प्रतिनिधिमार्फत कार्यक्षेत्र अनुसारको निजी क्षेत्रको प्रमुख तथा प्रतिनिधिहरुलाई खबर गर्नुभएमा नजिकको तोकिएका स्थानहरुमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निजी क्षेत्र सक्रियतापूर्वक लागिरहेको जानकारी गराउँछौं । दैनिक रुपमा पोखरामा खाद्यान्न र ग्याँसको गाडीहरुसमेत भित्रिरहेको वर्तमान अवस्थामा आवश्यकता भन्दा बढी खाद्यान्न घरमा सञ्चित नगर्नुहुन समेत आम नागरिकमा हार्दिक अपिल गर्दछौं ।

 

You might also like

Comments are closed.