खुकुलो लकडाउन साउन ७ गतेसम्म थप

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै लकडाउनको परिवर्तित स्वरुपलाई साउन ७ गतेसम्म थप गरिएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यथास्थितिमै लकडाउनलाई निरन्तरता दिइने निर्णय गरेको हो ।

सरकारले असार १ गतेबाट लागु हुने गरी लकडाउन खुकुलो बनाएको थियो । सीमा नाका र हवाई सेवासमेत साउन ७ गतेसम्म बन्द रहनेछन् । आवश्यकता र जोखिम आँकलन गरेर स्थानीय तह तथा प्रदेश सरकारले लकडाउनलाई कडाई गर्नसमेत सक्नेछन् ।

You might also like

Comments are closed.