गण्डकीमा ३२.४४ प्रतिशतमात्रै रोजगारीमा

 

सन्देश श्रेष्ठ

पोखरा, २ जेठ

jutta mela

गण्डकी प्रदेशमा कुलश्रम शक्तिको एक तिहाई भन्दा कम जनसंख्या मात्रै रोजगारीमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभाग घर परिवार सर्वेक्षण शाखा काठमाडौंले विहीबार पोखरामा पत्रकार सम्मेलन तथ्याङ्क विभागले गत २०७४ साल असारदेखि २०७५ साल जेठ मसान्तसम्ममा गरेको सर्वेक्षणमा १५ वर्ष वा सो भन्दा माथि उमेर समूहको एक तिहाई भन्दा कम जनसंख्या रोजगारीमा रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

गण्डकी प्रदेशमा १५ वर्ष वा सो भन्दा माथि उमेर समूहको जनसंख्या १८ लाख ६८ हजार रहेको छ । त्यसको ३२.४४ प्रतिशत रोजगारीमा रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । गण्डकी प्रदेशमा ६ लाख ६ हजार श्रमशक्ति रोजगारीमा रहेको केन्द्रीय तथ्याङ्क विभाग घर परिवार सर्वेक्षण शाखा काठमाडौंका निर्देशक पृथ्वी बिजयराज शिवाकोटीले जानकारी दिए । रोजगारीमा रहेका ६ लाख ६ हजार मध्ये ३ लाख ४० हजार पुरुष र २ लाख ६६ हजार महिला रहेको उनले बताए । रोजगारीमा रहेका श्रम शक्ति मध्ये ३ लाख ८८ हजार सहरी क्षेत्रमा र २ लाख १८ हजार ग्रामिण क्षेत्रमा रहेको पनि तथ्याङ्कले देखाएको छ । विभागका अनुसार रोजगार जनसंख्याको ६८ प्रतिशत सहरी क्षेत्रमा र ३२ प्रतिशत ग्रामिण क्षेत्रमा रहेको देखिएको छ ।

देशको कुल जनसंख्याको ३४.२ प्रतिशत रोजगारीमा रहेकोपनि जनाइएको छ । नेपालमा १५ वा सो भन्दा माथि उमेर समूहका जनसंख्या कुल २ करोड ७ लाख ४४ हजार रहेको छ । जसमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजागरीमा रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क विभागले १५ वर्ष वा सो भन्दा बढी उमेर समूहका ६० हजार जनसंख्या बेरोजगार रहेको जनाएको छ । बेरोजगार मध्ये बसोबासको आधारमा ४५ हजार जनसंख्या सहरका छन् भने बाँकी १५ हजार ग्रामिण क्षेत्रमा रहेको छ । देशमा १५ वा सो भन्दा माथि उमेर समूहको कुल जनसंख्या मध्ये ९ लाख ८ हजार जनसंख्या बेरोजगार रहेको जनाइएको छ ।

विभागका अनुसार रोजगारी र बेरोजगार बाहेक अन्यलाई घरायासी काम गरेपनि अन्य ठाउँमा काम पाएपनि नगर्ने जनशक्तिको रुपमा परिभाषित गरेको छ । १५ वर्ष वा सो भन्दा बढी उमेर समूहका १२ लाख २ हजार जनसंख्या जागिर पाएपनि नगर्ने खालको जनसंख्या रहेको स्पष्ट पारेको छ ।

गण्डकी प्रदेशमा बेरोजगारी दर ९ प्रतिशत रहेको छ । गण्डकीमा पुरुषको बेरोजगारी दर ९.४ प्रतिशत रहेको छ भने महिलाको बेरोजगारी दर ८.४ प्रतिशत रहेको विभागले जनाएको छ । बेरोजगारी दर सहरमा १०.३ प्रतिशत र ग्रामिण क्षेत्रमा ६.५ प्रतिशत रहेको विभागका निर्देशक शिवाकोटीले जानकारी दिए ।

गण्डकी प्रदेशमा श्रम शक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेको र त्यसको ४१.७ प्रतिशत सहरमा र ३२.९ प्रतिशत ग्रामिण क्षेत्रमा रहेको जनाइएको छ । गण्डकीमा पुरुष श्रमशक्तिमा सहभागिता दर ५३.८ प्रतिशत र महिलाको २६.३ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

गण्डकी प्रदेशमा मुख्य काममा अक्सर काम गर्ने समय हप्तामा ४५ घण्टा रहेको छ । पुरुषको साप्ताहिक काम गर्ने समय ४८ घण्टा र महिलाको ३९ घण्टा रहेको तथ्याङ्ले देखाएको छ । अर्थतन्त्रको हिसाबले हेर्दा औपचारिक ३९.७ र अनौपचारिक ६०.३ प्रतिशत रहेको तथ्याङ्कले भनेको छ । रोजगारीको हिसाबले औपचारिक १७.१ प्रतिशत र अनौपचारिक ८२.९ प्रतिशत रहेको जनाइएको छ ।

गण्डकी प्रदेशको तलब ज्याला प्राप्त गर्ने औषत मासिक आम्दानी १९ हजार रहेको तथ्याङ्कले देखाएको छ । तलव ज्याला पुरुषले मासिक २३ हजार १०६ रुपैयाँ र महिलाले मासिक १२ हजार ८ सय ३ रुपैयाँ प्राप्त गर्ने गरेको उल्लेख छ ।

रोजगारीको वितरण अनुसार गण्डकी प्रदेशमा कसयषमा २१.५, वनमा १७.५, माछापालनमा १५.१, थोक तथा खुद्रा बिक्रीमा १३.८ र मोटरगाडी तथा मोटरसाइकल मर्मत सम्भारमा ७.९ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी शर्माले तथ्याङ्कले प्रदेशको योजना बनाउन सहयोग पुग्ने बताए । उनले अनौपचारिक पेशाका कारण रोजगारलेपनि भनेजस्तो तलब नपाएको भन्दै अनौपचारिक पेशा÷व्यवसायमा ढाल्नुपर्नेमा जोड दिए । उनले घरबाटै वर्क कल्चर सिकाउनसके भविष्यमा बेरोजगारको संख्या घट्ने बताए ।

You might also like

Comments are closed.