गण्डकी टोस्ट मास्टर्स क्लबको अध्यक्षमा सुयश मल्ल, मुख्य उद्देश्य सदस्यहरुको क्षमता तथा नेतृत्व विकास

काठमाडौं । गण्डकी टोस्ट मास्टर्स क्लबको अध्यक्षमा सुयश मल्ल निर्वाचित भएका छन् । हालै सम्पन्न दोस्रो अधिवेशनले २०२०÷०२१ को लागि सुयश मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको निबर्तमान अध्यक्षमा प्रकाशदेव पालिखे, क्लबको भाइस प्रेसिडेन्ट एजुकेसनमा वैभव पोडेल, भाइस प्रेसिडेन्ट मेम्बरसिपमा सुजल श्रेष्ठ, भाइस प्रेसिडेन्ट पब्लिक रिलेसन्समा मीलन के.सी. सर्वसम्मत चयन भएका छन् । सचिवमा विष्णु तिमिल्सिना, कोषाध्यक्षमा निरन के.सी., सर्जेन्ट एट आर्मसमा श्रीविद्या रघुनाथन कायस्थ छन् ।

टोष्ट मास्टर्स अन्तर्राष्ट्रिय संस्था हो । संस्थाले संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ‘क्लबका सदस्य साथीहरुको क्षमता अभिबृद्धिका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छु,’ नवनिर्वाचित अधयक्ष मल्लले भने ।

jutta mela

१ सय ४३ देशमा संस्थाको सञ्चालन फैलिएको छ । करिब ३ लाख ५८ हजार सदस्य छन् । नेपालमा १९९१ मा टोस्ट मास्टर्स खुलेको हो । नेपालको काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, पोखरा, चितवन, धरान, बुटबल, भरहवा लगायतका स्थानमा क्लब खुलेका छन् । काठमाडौं टोष्टमाटर्स क्लब डिष्ट्रिक्ट ४१ अन्तर्गतको पहिलो क्लब हो । नेपालमा गत वर्ष १८ क्लब थिए भने पछिल्लो १ वर्षमा १७ क्लब थपिएका छन् । नेपालमा करिव १ हजार भन्दा धेरै सदस्य क्लबमा आवद्ध छन् ।

You might also like

Comments are closed.