गण्डकी प्रदेशका सम्पूर्ण नाका बन्द

पोखरा । विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि उच्च जोखिममा पर्ने आँकलनबीच गण्डकी प्रदेश सरकारले थप सतकर्ता अपनाएको छ । यसैक्रममा गण्डकी प्रदेशका सबै नाका मंगलबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशका नाकाहरुबाट अत्यावश्यकीय उपभोग्य वस्तुहरुको ल्याउन भने पाइनेछ । अन्य आवतजावतलाई भने पूर्ण रुपमा रोक लगाउने निर्णय भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोरोना भाइरसको जोखिम कम गर्नका लागि सरकारले गरेको यो निर्णयलाई पूर्ण साथ दिन उनले सर्वसाधरण सबैमा आग्रह गरेका छन् ।

jutta mela

उद्योग, कलकाराखाना, सार्वजनिक यातायात, शिक्षा लगायतका सेवा बन्द गर्ने निर्णय समेत बैठकले गरेको उनले जानकारी दिए ।

You might also like

Comments are closed.