गण्डकी प्रदेशमा थपिए ४० जना कोरोना संक्रमित, संक्रमितको संख्या २३५२ पुग्यो

पोखरा ।
गण्डकी प्रदेशमा शुक्रबार विहान एकैसाथ ४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ४० जनामा संक्रमण देखिएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ जना पुगेको छ ।

संक्रमितहरु तनहुंका २ जना, कास्ककिा १६ जना, लमजुङका ३ जना, स्याङ्जाका १ जना, बागलुङका १ जना र नवलपरासी पुर्वका १७ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

You might also like

Comments are closed.