पोखरा । गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ४५ जनामा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका १०जना, गोरखाका १ जना, पुर्वी नवलपरासीका ३४ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
कोरोना संक्रमणबाट पोखरामा थप १ जनाको मृत्यु भएको छ । पोखरा ५ का ४५ बर्षीया महिलाको २६ गते फिस्टेल अस्पतालमा राति १ः१५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
Comments are closed.