पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो अपडेट अनुशार थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ५ हजार ४ सय ९ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ५३ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा कास्कीका १९ जना, तनहुँका ६ जना, लमजुङका २ जना, बागलुङका ७ जना, नवलपरासी पुर्वका १५ जना र गोरखाका ४ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
Comments are closed.