गण्डकी प्रदेशमा भ्रमण बर्ष २०२० भयो शुभारम्भ

पोखरा : नेपाल भ्रमण बर्ष २०२० को गण्डकी प्रदेशको पोखरा लेकसाईडबाट शुभारम्भ भएको छ। गण्डकी प्रदेश सरकारले अङ्ग्रेजी नयाँ बर्ष २०२० को अबसर पारेर भ्रमण बर्ष २०२० को सुभारम्भ गरेको हो। भ्रमण बर्ष २०२० को गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले डिजिटल ब्यानर रिमोट थिचेर डिस्प्ले गरेर उद्घाटन गर्नु भएको हो। उद्घाटन क्रममा अङ्ग्रेजी बर्ष २०२० को सबैलाई शुभकामना दिदै भ्रमण बर्षको शुभारम्भले नेपालीमा थप उर्जा थपेको बताउनु भयो। नेपाललाई समृद्ध बनाउने आधार मध्ये पर्यटन प्रमुख आधार भएको र यसका लागी सरकार पुर्ण रुपमा लागेको छ मुख्य मन्त्री गुरुङको भनाई छ। मुख्य मन्त्री गुरुङले नेपाल प्राकृतिक रुपले अति सुन्दर त्यसमा पनि गण्डकी प्रदेश स्वर्गको टुक्रा भएकाले गण्डकी प्रदेशको पर्यटन बिकासमा प्रदेश सरकार सधै तल्लिन भएको बताउनु भयो।

भ्रमण बर्ष २०२० मा २० लाख बिदेशि पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको र सबैको सहकार्य र साथ हुने हो भने गण्डकी प्रदेशमा नै त्यो लक्ष्य पुरा हुने बताउदै त्यसको लागी सरकारी निकाय सङ्गै निजि क्षेत्रलाई समेत आबश्यक गुणस्तर ब्यबस्थापनमा लाग्न आग्रह गर्नु भयो।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन उद्योग बन तथा वातावरण मन्त्री बिकास लम्सालले भ्रमण बर्ष २०२० को शुभकामना दिदै गण्डकी प्रदेश नेपालको मात्र नभएर बिश्वको मुख्य पर्यटकिय गन्तव्य हुन सक्ने बताउनु भयो। गण्डकी प्रदेश प्राकृतिक रुपले बिश्वकै अनुपम ठाउँ भएकोले कुनै पनि मनोरोगीको लागि नेचुरल हस्पिटल बन्न सक्ने मन्त्री लम्सालले उल्लेख गर्नु भयो।

jutta mela

मन्त्री लम्सालले प्रकृतिले दिएका प्राकृतिक सम्पदाहरुको संरक्षण र ब्यबस्थापनले मात्र राम्रो पर्यटकिय गन्तव्य बन्न सक्ने भन्दै गण्डकी प्रदेश सरकार सङ्गै पर्यटन मन्त्रालय लागि राखेको बताउनु भयो। गण्डकी प्रदेश प्राकृतिक रुपमा मात्र नभएर सास्कृतिक, धार्मिक कुरामा समेत अगाडि रहेको बताउदै गण्डकी प्रदेशमा पर्यटकलाई सबै खाले रहन सहनमा बस्न र घुम्न आनन्द वातावरण रहेको बताउनु भयो। उहाँले भन्नू भयो ” गण्डकी प्रदेशले शाहसिक खेलकुद बाट पनि पर्यटकलाई तान्ने ठाउँ भएकाले यहाँ विभिन्न स्वदेशी तथा बिदेशी पर्यटकको रुचि अनुसारका खेलहरुको पनि राम्रो ब्यबस्थापन गर्ने छौ।”

कार्यक्रममा सहसंयोजक अग्नि कडेँल र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले भ्रमण बर्ष २०२० लाई कसरी सफल पार्न सकिन्छ भन्दै आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो।

सोहि अबसरमा गण्डकी प्रदेश सांसद इन्द्रधारा बिष्टले निर्माण गर्नु भएको ल्होमान्थानको चिनारी नामक गितको लोकार्पण भएको छ।

भ्रमण वर्षको सुरुआतका लागि प्रदेशले फेवाताल किनारमा आयोजना गरेको कार्यक्रममा ११ वटै जिल्लाका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । प्रदेश सरकारले आफ्नो प्रदेशको पर्यटन प्रवद्र्धनका लागि हिमाल आरोही निर्मल पुर्जा र गायक प्रकाश सपूतलाई सद्भावना दूतसमेत घोषणा गरेको छ ।

गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी दे्श पर्यटन भ्रमण बर्ष , २०२१ लाई पूर्वाधार पर्यटन बर्ष र २०२२ लाई अन्तर्रा्ष्ट्रिय पर्यटन वर्ष मनाउने योजना बनाएको छ । प्रदेश सरकारले पोखरा विमानस्थलमा पर्यटकको स्वागत समेत गरेको थियो ।

कार्यक्रमको संचालन पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले गर्नु भएको थियो।

You might also like

Comments are closed.