गण्डकी प्रदेशमा स्वरोजगार गण्डकी कार्यक्रम सुरु

पोखरा, १८ माघ

गण्डकी प्रदेशमा स्वरोजगार सिर्जना तालिम शुरु भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा शुरु भएको स्वरोजगार गण्डकी कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवि पुनले उद्घाटन गरिन् । संघीय सरकारले रोजगार कार्यक्रम घोषणा गरेसंगै गण्डकी प्रदेशले पनि आफ्ना प्रदेशमा रहेका हरेक नागरीकलाई तालिम दिई सो अनुसारको ब्यवसायमा संलग्न गराउने उद्धेश्यले स्वरोजगार गण्डकी कार्यक्रम सुरु गरेको हो । तालिम लिएर सोही अनुसारको काम नगर्नेकोे लागि भने स्वरोजगार गण्डकी कार्यक्रम नभएको कार्यक्रम घोषणा तथा तालिम उद्घाटन कार्यक्रममा मन्त्री नरदेवि पुनले जानकारी दिईन् ।

तालिम लिएपछि ब्यवसायको लागि पैसा भएन भने मन्त्रालयले त्यसको ब्यबस्था गरिदिने पनि उनले बताईन् । तालिम र भत्ताको लागि मात्र तालिममा बस्ने रहर नगर्न उनले सुझाव दिईन् । ब्यबशायमा नलागे तालिममा लागेको खर्च समेत फिर्ता गर्नुपर्ने उनको भनाई छ । तालिम संगै मन्त्रालयले आर्थिक लगानीमा पनि सहयोग गर्ने भएकाले उद्यममा नलाग्नेलाई तालिमको खर्च समेत फिर्ता गराउन लागिएको उनले स्पष्ट पारिन् ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वरोजगार कार्यक्रमका संयोजक तथा उप सचिव नारायण आचार्यले बिभिन्न ५५ प्रकारका तालिमको खाका तयार पारिएको जानकारी दिए । तालिम लिनका लागि र ब्यबशायमा संलग्न हुनका लागि उनले प्रदेशबासी सबैलाई पनि अनुरोध गरे । घोषणा कार्यक्रममा ब्यबसायिक ‘एभोकाडो व्यवसायिक खेती तथा नर्सरी व्यवस्थापन तालिम’ को सुरुवात पनि गरिएको छ ।

तालिममा प्रदेशका मनाङ, मुस्ताङ र नवलपुर जिल्ला बाहेक कास्की,म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, लमजुङ, गोरखा र तनहुँका गरी ३५ जना सहभागि छन् ।
युवाहरुलाई वैदेशिक रोजगारमा जानबाट निरुत्साहित गर्न र समृद्ध नेपाल सुखी नेपाली बन्ने परिकल्पनालाई साकार बनाउन स्वरोजगार सिर्जना तालिम कोशेढुङ्गा सावित हुने सामाजिक बिकासमन्त्रालयको भनाई छ । मन्त्रालयले आगामी ५ बर्षभित्र गण्डकी प्रदेशका धेरै नागरिकलाई व्यवसायिक बनाउने लक्ष्य लिएको छ ।

lcci
You might also like

Comments are closed.